धमतरी , 16 सेप्टेम्बर (हि.स.)। प्रसिद्ध हास्य-व्यंग्यकाराष्ट्रिय कवि, अखिल भारतीय कवि सम्मेलनका लोकप्रिय मञ्च संचालक तथा जिल्ला हिन्दी साहित्य समितिका संरक्षक सुरजीत नवदीप अब हामीबीच रहेनन्। गए सोमवार, 15 सेप्टेम्बरको अबेर राति उनको निधन धमतरी स्थित निजी निवास स्थान रिसाईपारामा भयो। उनको अन्तिम संस्कार मंगलवार हुनेछ। उनको लेखनी, हाँस्यको सहज शैली, समाजका जटिलताहरूमाथि व्यंग्यात्मक टिप्पणई तथा मञ्चीय उपस्थितिले उनलाई सारा देशभरि नै एक विशिष्ट पहिचान दिलाएको थियो।
सुरजीत नवदीपको जन्म 01जुलाई,1937-मा मण्डी भवलदीन पञ्जाब जुन वर्तमानमा पाकिस्तान स्थित छ-मा भएको थियो। उनले उच्च शिक्षा प्राप्त गरी एमए हिन्दी र बीएड र सीपीएडको उपाधि हासिल गरेका थिए। शिक्षाको क्षेत्रमा दीर्घकालीन सेवा पुऱ्याएपछि सेवानिवृत्त भएर स्वतन्त्र लेखन तथा साहित्य सेवामा सक्रिय रहेका सुरजीत छत्तीसगढ़ राजभाषा आयोगका सदस्य पनि रहिसकेका थिए। हाँस्यर व्यंग्यको सहज शैलीमा गम्भीर सामाजिक मुद्दाहरूलाई प्रस्तुत गर्ने कला उनको व्यक्तित्वको पहिचान थियो। उनले मञ्चमा एकातिर हाँस्यको रस घोल्थे भने अर्कोतिर समाजका विसंगतिहरूमाथि पनि गम्भीर चिन्तन प्रस्तुत गर्दथे। युवा पिँढ़ीका लागि उनी प्रेरणाश्रोत भए। श्री नवदीपको नाम हिन्दी हाँस्य-व्यंग्य कवितामा सम्मानपूर्वक लिइन्छ।
कवि नवदीपको निधनले धमतरी मात्र नभएर सारा छत्तीसगढ़को साहित्यिक समाज शोकाकुल भएको छ। उनका रचना, उनका आवाज, उनको उपस्थितिले मञ्चलाई जीवित बनाउँथ्यो। साहित्य प्रेमीहरूले उनलाई श्रद्घाञ्जली अर्पण गर्दै उनका स्मृतिहरूलाई साझा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा