पूर्वी सिंहभूम, 16 सेप्टेम्बर (हि.स.)। साकची थाना अन्तर्गत ठाकुरबाड़ी रोडमा ठग गिरोहका दुई सदस्यले साधुको भेष बनाएर मानगो सहारा सिटी निवासी अनिता ईश्वरको लगभग डेढ़ लाख रुपियाँको गहना ठगेर भागे। ठगहरूले महिलालाई छक्याएर गहना पर्समा राख्न लगाए अनि मौका छोपेर पर्स लिएर भागे। घटनाको सम्पूर्ण दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ जसको आधारमा पुलिसले ठगहरूलाई खोजिरहेको छ।
अनिता ईश्वरका ज्वाईँ मृत्युञ्जय सिंहले बताए, उनकी सासु अल्ट्रासाउण्ड गराउनको लागि साकची आएकी थिइन्। अल्ट्रासाउण्ड गराएपछि तिनी आम बगानस्थित पसलमा पुगिन् अनि त्यहाँ केही बेरसम्म बसेपछि टेम्पो मार्फत घर फर्किरहेकी थिइन्। यसै क्रममा ठाकुरबाड़ी रोडस्थित कञ्चन होटल नजिक पुगेपछि एकजना साधुरूपी ठगले उनलाई रोकेर गहना लगाएर हिँड़नु खतरा रहेको बताउँद उनलाई सतर्क गरायो। पहिला त उनले यसलाई नसुने झैन गरिन्, तर ठगको अर्को साथी आएर साधुको कुरालाई सही ठहराउन थाल्यो। दुवैको कुरामा आएर उनले आफ्नो गलाको चेन र कंगन खोलेर पर्समा राखिन्। त्यसपछि महिला टेम्पोमा बस्न लागेकी थिइन्, एक जना ठगले पर्सलाई समातिदिने कुरा गरेर त्यसलाई आफ्नो हातमा राख्यो। महिला टेम्पोमा चड़िन् अर्कोतिर ठग पर्स लिएर गायब भयो। पर्समा गहना बाहेक मोबाइल र पाँच हजार रुपियाँ नगद पनि थियो।
ठगीको शिकार भएकी अनिता ईश्वरले साकची थानामा मंगलवार सिकायत दर्ता गराएकी छन्। थाना प्रभारीले बताए, सीसीटीभी फुटेजको आधारमा आरोपीलाई चिन्हित गरिँदैछ। चाँड़ै नै तिनीहरूलाई पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा