दक्षिण 24 परगनाको सन्तोषपुर स्टेशनमा आगलागी, केही पसलहरू जलेर खरानीमा परिणत
दक्षिण 24 परगनाको सन्तोषपुर स्टेशनमा आगलागी, केही पसलहरू जलेर खरानीमा परिणत


दक्षिण 24 परगना, 16 सेप्टेम्बर (हि.स.)। मंगलवार बिहान दक्षिण 24 परगनाको सन्तोषपुर रेलवे स्टेशनमा आगो लाग्यो। प्राप्त जानकारी अनुसार बिहान लगभग 7 बजी एक नम्बर प्लेटफर्ममा अचानक आगो बल्दै गरेको देखेर यात्रीहरू आतंकित भए। हेर्दा-हेर्दै आगो द्रूत गतिमा फैलिन थाल्यो। यस घटनाको कारण सियालदह-दक्षिण सेक्शनको बजबज शाखामा ट्रेन परिचालन पूर्ण रूपले ठप्प भयो।हाल सियालदहदेखि माजेरहाटसम्म मात्र अप-डाउन ट्रेन संचालन भइरहेको छ।

आगलागीको सूचना दमकललाई दिइयो। तथापि स्थनीय मानिसहरूको आरोप छ, दमकल वाहन समय मा आइपुगेन। त्यसबेलासम्ममा प्लेटफर्ममा रहेका स-साना पसलहरू खरानी भइसकेका थिए। युद्धस्तरमा आगोलाई निभाउने कार्य भइरहेको भए पनि आगो पूर्णरूपले निभेको छैन।

रेल सूत्र अनुसार एक नम्बर प्लेटफ़र्ममा अधिकांश नै कपड़ा, चिया तथा स-साना सामानहरूका पसलहरू थिए जुन तिरपाल लगाएर बनाइएको अस्थायी ढाँचा थियो। पूजापूर्व नै व्यापारीहरूले नयाँ सामानहरू ल्याएका थिए, तर बिहान-बिहान यस आगोले अधिकांश पसलहरूलाई जलाएर स्वाहा बनाइदियो। दमकल विभागको प्रारम्भिक अनुमानमा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ। हाल क्षय-क्षतिको मूल्यांकन गरिँदैछ।

रेलवेले यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै सन्तोषपुर स्टेशनसम्म ट्रेन परिचालनलाई बन्द राखेको छ जसले गर्दा सियालदह-बजबज शाखामा यात्रीहरूलाई असुविधा भइरहेको छ। किनभने बजबजदेखि कोलकातासम्मको सोझो तथा सहज मार्ग यो ट्रेन मात्र हो। अब यात्रीहरूलाई लामो बाटो भएर जान परिरहेको छ।

स्थानीय मानिसहरूले यस सम्पूर्ण स्थितिको लागि रेलवेको लापरवाहीलाई जिम्मेवार ठहराएका छन्। तथापि अहिलेसम्म रेलवेको पक्षबाट यस सन्तोषपुर अग्निकाण्डलाई लिएर कुनै आधिकारिक बयान जारी गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande