कोलकाता, 16 सेप्टेम्बर (हि.स.) । दुर्गा पूजापूर्व राजधानी कोलकातामा कानून-व्यवस्थालाई मजबुत बनाउनको लागि पुलिस आयुक्त मनोज वरमाले विशेष दिशानिर्देश जारी गरेका छन्। उनले स्पष्ट रूपमा भने, चाड़-पर्वमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन।
पुलिस अधिकारी अनुसार पूजामा विभिन्न जिल्ला तथा राज्यहरूबाट ठूलो संख्यामा मानिसहरू शहरमा आउँछन् र यसै अवधि अपराधी गिरोह पनि सक्रिय हुन्छ। त्यसैले हरेक थानाका प्रभारीलाई सतर्कता बढ़ाउने तथा सुरक्षा व्यवस्थाको कड़ाई पूर्वक निरीक्षण गर्ने आदेश दिइएको छ।
आयुक्तले निर्देश दिएका छन्, सबै थाना प्रभारीले यो जाँच गरून् कि उनीहरूको क्षेत्रका महत्वपूर्ण स्थानहरूमा सीसीटीभी क्यामरा जड़ान गरिएको छ कि छैन, जड़ान गरिएको छ भने पनि त्यो चालु छ कि छैन, यसको रिपोर्ट तुरून्त लाल बजारस्थित मुख्यालयलाई पठाइयोस्।
यसको साथै गुप्तचर विभाग, वाच सेक्शन, एन्टी-रावडी यूनिट तथा महिला बटालियनलाई चौबिसै घण्टे अलर्ट रहन भनिएको छ। शहरको भीड़भाड़ रहने चौरस्ता तथा संवेदनशील क्षेत्रमा रात र बिहानको समयमा गस्ती बढ़ाउने निर्देश पनि दिइएको छ।
हरेक वर्ष झैं यस वर्ष पनि पूजापूर्व लुटपाट, चौरी जस्ता घटनाहरूमा वृद्धि भएको देखिएको छ। पुलिस सूत्रानुसार हिजोआज केही क्षेत्रहरूमा बिहान घुम्न हिँड़ेका मानिहरूमाथि हमला तथा स्न्याचिङ जस्ता घटनाहरू बढ़्दो छ। यसमाथि लगाम कस्नको लागि अतिरिक्त पुलिस बलको तैनाथी, मोबाइल भेन गस्ती तथा गुप्त निगरानी जारी राख्ने फसेला लिइएको छ।
पुलिस आयुक्तले यो पनि स्पष्ट पारे, आम मानिसहरूको सिकायतलाई सुल्झाउने काम द्रूत गतिमा हुनुपर्छ। अपराधलाई रोक्नमा कुनै पनि स्तरमा लापरवाहीलाई सहन गरिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा