पूजापूर्व वर्षाले व्यवसायीहरूको आशालाई निराशामा परिणत गरिदियो
पूजापूर्व वर्षाले व्यवसायीहरूको आशालाई निराशामा परिणत गरिदियो


पश्चिम बर्दवान, 16 सेप्टेम्बर (हि.स.)। आगामी आइतवार महालय हो। त्यसपूर्व पश्चिम बर्दवान जिल्लाका मानिसहरू दुर्गा पूजाको किनमेलमा व्यस्त थिए। बजारमा भीड़ थियो। व्यापारीहरूको मुहारमा मुस्कान र खुशी फर्किएको थियो। तर यसबीच वर्षाले उनीहरूको आशालाई निराशामा परिणत गरिदियो।

गत आइतवारदेखिकै रोकिँद परिरहेको पानीले आसनसोल तथा दुर्गापुरका मानिसहरूको समस्या बढ़ाइदिएको छ। गए सोमवार केही ठाउँंमा मुसलधारे पानी पऱ्यो जसले गर्दा आसनसोल र दुर्गापुरको बजार केही हदसम्म सुनसान भयो। पानीझरीमा पनि कतिपय मानिसहरूले पूजाको किनमेल गर्न छाड़ेका छैनन्।

वर्षाले व्यापारीहरूको अनुहार चाउरिएको छ। पसले राकेश सिंह र देवेश दासको भनाइ छ, गत मई महिनादेखिकै लगातार पानी परिरहेको छ। भर्खरै केही दिनदेखिको पूजाको भीड़ बढ़िरहेको थियो। तर फेरि पानी पर्न थालेपछि हाम्रो व्यापारमा नोक्सान भइरहेको छ। कहिलेसम्म पानी पर्ने हो, निश्चित रूपमा केही भन्न सकिँदैन।

यता आसनसोल र दुर्गापुरका कुम्हालेहरूको अवस्था पनि चिन्ताजनकै छ। मूर्तिकार अभिजीत रूद्रपाल तथा विश्वनाथ पाल जस्ता कलाकारहरू कसरी हुन्छ मूर्तिलाई बचाउनमा जुटेका छन्। वर्षा बढ़ी भयो भने प्लास्टिकले ढाकेर राख्दा पनि मूर्ति सुरक्षित हुँदैन। जबकि आगामी केही दिनभित्रै मूर्तिहरूलाई पण्डामा पठाउनु छ।

उद्यानपाड़ा गार्डनदेखि लिएर रविन्द्रनगर, पाँचगाछियासम्म आकर्षक थीममा पण्डालहरू तयार भइरहेका छन्। तर वर्षाले आयोजकहरूको चिन्तालाई बढ़ाइदिएको छ। किनभने वर्षाको कारणले मण्डप निर्माण कार्यमा पनि बाधा आइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande