बंगालमा वर्षाको श्रृङ्खला जारी, केही जिल्लाहरूमा चेताउनी जारी
बंगालमा वर्षाको श्रृङ्खला जारी, केही जिल्लाहरूमा चेताउनी जारी


कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। बंगालमा दुर्गा पूजापूर्व मौसमको स्वरूप फेरिएको छ। लगातार बादल लाग्नको साथै केही जिल्लाहरूमा वर्षा पनि भइरहेको छ। बंगालको खाड़ीमा निरन्तर नमी आइरहेकोले आगाी दिनमा राज्यमा वर्षाको श्रृङ्खला जारी रहनेछ।

बिहिवार कोलकाता समेत दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पुरुलिया, बाँकुड़ा, पूर्व औ पश्चिम बर्दवान, बीरभूम, मुर्शिदाबाद तथा नदियामा तीव्र हावासितै वर्षा हुनसक्छ। हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। शुक्रवार दक्षिण 24 परगना, उत्तर 24 परगना, हावड़ाा, हुगली, पूर्व र पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा वर्षा हुने सम्भावना अझ बढ़ी छ।

यता उत्तर बंगालका दार्जिलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहारमा घना वर्षाको अरेञ्ज अलर्ट जारी गरिएको छ। आगामी दुई-तीन दिनसम्म यी जिल्लाहरूमा 7-11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ। शुक्रवार उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदामा मेघ गर्जन सहित वर्षा अनि हावा चल्ने अनुमान छ।

राजधानी कोलकातामा बिहीवार न्यूनतम तापमान 27.7 डिग्री सेल्सियस औ अधिकतम तापमान 32.2 डिग्री सेल्सियस दर्ता गरिएको छ। शहरमा दिनभरि नै बादलले आकाश ढाकेको हुनेछ। हल्कादेखि मध्यम वर्षा हुनेछ भने शुक्रवार वर्षाको तीव्रता बढ़्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande