हावड़ा, 18 सेप्टेम्बर (हि.स.)। धर्म ज-जसको, पर्व सबैको—यो भनाइ हावड़ा जिल्लाको बागनानस्थित नुन्टिया तरुण दल क्लबको दुर्गापूजा पण्डालमा चरितार्थ भएको देखिएको छ। भुनेरा गाउँमा निर्माणाधिन यो थीम पण्डाल धार्मिक आस्था मात्र नभएर साम्प्रदायिक मेलमिलापको प्रतीक पनि भएको छ।
कृषिमाथि आधारित यस गाउँका केही मानिसहरू पण्डाल निर्माण गरेर नै परिवार धान्ने गर्दछन्। यस्तै एकजना शिल्पकार छन् लगभग 60 वर्षीय शेख अलाल अली जसले पछिल्लो केही वर्षदेखिकै देवी-देवताहरूको पण्डाल निर्माण गर्दै आइरहेका छन्। उनले बताए, घरमा पत्नी, तीन सन्तान तथा वृद्ध आमाको जिम्मेवारी उनके काँधमा छ।
वर्षमा दुई-चार महिना मात्र उनलाई पण्डाल बनाउने काम उपलब्ध हुन्छ जसबाट प्रतिदिन 450 रुपियाँ आय हुन्छ। तर उनको लागि यो एउटा रोजगार मात्र नभएर पागलपनै जस्तो हो। अलाल अलीको भनाइ छ, उनले बनाएको पण्डालमा देवी-देवताहरू बिराजमान हुँदा उनको मनमा गहिरो शान्ति हुन्छ।
यस वर्ष नुन्टिया तरुण दल क्लबले आफ्नो दुर्गा पूजा पण्डालको थीम “इण्डिया गेट” राखेको छ। क्लबका सचिव अरिन्दम मजुमदारले बताए, पण्डाललाई लिएर ग्रामीणहरूमा उत्साह चरममा छ। विश्वकर्मा पूजाको दिन थीम संग जारी गरियो जसमा ठूलो संख्यामा उपस्थित मानिसहरू यस विशेष क्षणको साक्षी भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा