लखनऊ, 18 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको गुडम्बा थाना क्षेत्रमा एक युवकले बुधवार राति कुनै कुराले रूष्ट भएर आफ्नी गर्भवती पत्नी र आमामाथि धारिलो हतियारले हमला गऱ्यो। उपचार भइऱहेको समय पत्नीको मृत्यु भयो र उसकी आमा पनि गम्भीर रूपमा घाइते छिन्। छिमेकीहरूले आरोपीलाई समातेर पुलिसलाई सुम्पेका छन्।
प्रारम्भिक जाँचमा थाहा लागेको छ, मूल रूपमा बाराबंकीको फेतहपुर निवासी अंकुर परिवारको साथ गुडम्बाको दसौली गाउँ निवासी राम सिंहको घरमा बस्दछ। बुधवार राति अंकुरको गर्भवती पत्नी नीलमसित कुनै कुरालाई लिएर भनावैरी भयो। दुवैबीच विवाद शुरू भयो। मामिला यति बढ्यो कि रीसमा अंकुरले धारिलो हतियारले नीलममाथि हमला गऱ्यो। बुहारीको चित्कार सुनेर उलाई बचाउन आएकी आमामाथि पनि अंकुरले हमला गऱ्यो। घटनापछि आरोपी जब भाग्न थाल्यो तब छिमेकीहरूले उलाई समातेर पुलिसलाई सुम्पे। घाइते सासू र बुहारीलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो, जहाँ डाक्टरहरूले नीलमलाई मृत घोषित गरे।
थाना प्रभारीले बताए, आरोपीलाई पक्राउ गरी उदेखि हत्यामा प्रयोग गरिएको हतियार जफत गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी