सड़क दुर्घटनामा दुई युवकको मृत्यु, एकजना गम्भीर घाइते
सड़क दुर्घटनामा दुई युवकको मृत्यु, एकजना गम्भीर घाइते


नगाउँ (असम), 18 सेप्टेम्बर (हि.स.)। नगाउँ जिल्लाको कलियाबोर क्षेत्रमा गए राती विश्वकर्मा पूजाको आनन्द तथा उल्लासबीच भएको एक सड़क दुर्घटनामा दुईजना युवकको मृत्यु भयो। यस घटनामा एकजना युवक गम्भीर रूपमा घाइते भए।

नगाउँ पुलिसबाट आज प्राप्त जानकारी अनुसार उलुबनी पुलिस थाना अन्तर्गत भोमोरागुरी क्षेत्रमा गए राती दुई दिशाबाट आएका बाइकहरू (एएस-02एएच-6272 एवं एएस-12एएल-9472) आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भए। दुर्घटनामा दुईजना युवकहरूको मृत्यु भयो भने एकजना युवक गम्भीर रूपमा घाइते भए जसलाई कलियाबोर महकुमा सिभिल अस्पतालमा भर्ती गरिएको छ।

मृत युवकद्वयको पहिचान साधन दास र रामू नो दासको रूपमा गरिएको छ। पुलिसले दुवै शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ भने घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande