प्रधानमन्त्रीलाई राहुलले लेखे चिट्ठी, पञ्जाब बाढ़ी पीड़ितहरूका लागि व्यापक राहत प्याकेजको माग
राहुल


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीले पञ्जाबमा आएको बाढ़ीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर केन्द्र सरकारद्वारा घोषित 1,600 करोड़ रूपियाँको प्रारम्भिक राहत राशिलाई नोकसानको तुलनामा अपर्याप्त बताएका छन्।

राहुल गान्धीले आफ्नो चिट्ठीमा लेखेका छन्, बाढ़ीले 4 लाख एकड़ धानको फसल बर्बाद भइसकेको छ र 10 लाखभन्दा अधिक पशु मरेका छन्। लाखौं मानिस, खासगरी अन्तिम पंक्तिमा खड़ा समुदायहरूसित सम्बन्धित छन्, जो बेघर भएका छन्। हजारौं एकड़ जमीन अहिलेपनि डूबेको छ र गाउँको सम्पर्क विच्छेद भएको छ।

राहुल गान्धीले भने, उनको पञ्जाब दौड़ाहमा उनले मानिसहरूको पीड़ालाई नजिकबाट देखे। संकटको समय पञ्जाबवासीहरूले आपसी सहयोग र मानवीय संवेदनाहरूको उदाहरण पेश गरेका छन्। मानिसहरूले आफ्नो घरको दैलो अनजान व्यक्तिहरूका लागि खोलेका छन् र आफ्नो सीमित संसाधनहरूले मद्दत गरिरहेका छन्।

कांग्रेस नेताले भने, बाढ़ीले पञ्जाबलाई कम्तीमा 20,000 करोड़ रूपियाँको नोकसान भएको छ र यस संकटको सामना गर्न केन्द्र सरकारले “बोल्डर रेस्पोन्स” अर्थात् धेरै अधिक ठोस कदम उठाउनुपर्छ। उनले सरकारसित नोकसानको त्वरित आंकलन गराउने र व्यापक राहत प्याकेज राहत दिने माग गरेका छन्।

राहुल गान्धीले भने, पञ्जाब फेरि खड़ा हुनेछ तर यस कठिन समयमा हामीले हरेक किसान, हरेक सैनिक र हरेक परिवारलाई भरोसा दिलाउनुपर्नेछ कि पूरा देश उनीहरूको साथ खड़ा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande