गोपेश्वर, 18 सेप्टेम्बर (हि.स.)। उत्तराखण्डमा अलकनन्दा नदीमा बद्रीनाथ मार्ग स्थित चमोली जिल्लामा बादल फाट्दा ठूलो नोकसान भएको छ। पैह्रोले छह वटा घरलाई आफ्नो चपेटमा लिएको छ। दुई जनालाई बचाइएको छ। अहिलेपनि सात जना बेपत्ता छन्। बेपत्ता हुनेहरूको खोज जारी छ। चमोलीका जिल्लाधिकारी संदीप तिवारीले पुष्टी गर्दै बताए, बेपत्ता मानिसहरूलाई खोज्न बचाउ अभियान शुरू गरिएको छ।
जिल्लाधिकारी संदीप तिवारीले बताए, जिल्लाको नन्दानगर घाट क्षेत्रमा बुधवार राति बादल फाट्दा भारी नोकसान भयो। नन्दानगरको वार्ड कुन्तरी लगा फालीमा छह वटा घर पैह्रोमा पुरिए। यस आपदामा सात जना बेपत्ता छन् जबकि दुई जनालाई बचाइएको छ। राहत र बचाउ कार्य जारी छ। नन्दानगरको फाली कुन्तरी, सैन्ती कुन्तरी, भैंसवाड़ा र धुर्माको माथिल्लो पहाड़ीमा बादल फाट्दा क्षेत्रमा भारी नोकसान भएको छ।
अधिकारीहरूको भनाई छ, एसडीआरएफको टीम नन्दप्रयाग पुगेको छ। एनडीआरएफका जवान पनि नन्दप्रयागको निम्ति गोचरबाट हिँड़ेका छन्। मुख्य चिकित्सा अधिकारीले बताए, मेडिकल टीम र तीन 108 एम्बुलेन्स पठाइएको छ। ग्रामीणहरू अनुसार, घना वर्षाले अगावै भारी नोकसान गरिसकेको छ। मोक्ष नदीको जलस्तर बढ़ेको छ। वर्षामा पाँच घर पनि ध्वस्त भइसकेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी