मुचीपाड़ा गोलीकाण्डः बाबुघाट बस स्ट्याण्डबाट हतियार सहित दुई पक्राउ
मुचीपाड़ा गोलीकाण्डः बाबुघाट बस स्ट्याण्डबाट हतियार सहित दुई पक्राउ


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। गत शनिवार राती मुचीपाड़ा क्षेत्रमा भएको सड़क दुर्घटनालाई लिएर भएको विवादमा दुष्कर्मीहरूले हावामा गोली चलाएर सन्त्राष फैलाएका थिए। यस मामिलाको जाँच गर्दै पुलिसले बाबुघाट बस स्ट्याण्डबाट दुईजना आरोपीहरूलाई हतियार सहित पक्राउ गरेको छ।

पुलिसले आरोपीहरूबाट देशी पेस्तोल र ताजा कारतूस जफत गरेको छ। जाँचकर्ताहरूको प्राथमिक अनुमानमा आगामी चाड़-पर्वको सिजमा शहरमा कुनै ठूलो घटनालाई परिणाम दिने षड़यन्त्र रचिरहेको थियो।

सूत्र अनुसार गए सोमवार अबेर राती साढ़े 12 बजे गोपनीय सूचनाको आधारमा मैदान थानाको पुलिसले बाबुघाट बस स्ट्याण्डमा छापा माऱ्यो। यस अवधि आयुष झा र पीयूष गुप्ता नामक आरोपीहरूलाई हतियार सहित पक्राउ गरियो। जाँचबुझमा दुवैले स्वीकार गरे, देशी हतियार बनाएर त्यसको तस्करी गर्ने उदेश्यले कोलकाता आएका थिए। उसकी तस्करी के इरादे से कोलकाता आए थिए।

पुलिस जाँचमा यो पनि सामु आएको छ, गत शनिवार राती मुचीपाड़ा क्षेत्रमा भएको गोलीकाण्डमा यी दुवै सामेल रहेको आशंका व्यक्त गरिएको छ। त्यसपछि दुवैलाई आर्म्स एक्ट अन्तर्गत पक्राउ गरियो। मुचीपाड़ा तथा मैदान थानाको पुलिसले यस मामिलामा संयुक्त जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande