एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न


गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। सत्तारुढ़ एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा पार्टी मुख्यालयको समन्वयमा एसकेएमले साङ्गठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चा, अध्यक्ष ललित शर्मा साथै टोलीको अगुवाइमा जिल्लास्तरीय समन्वय सभा धारावाहिक रूपमा आयोजना गर्दै आइरहेको छ।

सम्बन्धित क्षेत्र विधायक, जिल्ला प्रभारीहरू, समष्टि अध्यक्ष, महासचिव अनि ओएसडीहरूको उपस्थितिमा सभा आयोजना गरिने पार्टीको निर्णय मुताबिक शृंखलाबद्धरुपमा सभा सम्पन्न भइरहेको छ।

राज्य संगठन प्रकोष्ठको आयोजनामा भइरहेको सभा अन्तर्गत पाँचौं दिनको बैठक आज मङ्गन जिल्लाको पेन्टोकमा सम्पन्न भएको एसकेएमले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ। पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको सभाध्याक्षतामा सम्पन्न सभामा पार्टीलाई तृणमूल स्तरबाट मजबुत बनाउन विभिन्न महत्त्वपूर्ण पक्षमाथि छलफल गरियो।

यस समन्वय बैठकमा विशेषगरी पार्टीलाई मजबुत बनाउँदै प्रत्येक कार्यकर्ता र एकाइलाई एकीकृत ढाँचामा अघि बढाउनु पर्ने, जिल्ला, क्षेत्र र केन्द्रिय तहबीचको आपसी सम्बन्धलाई अझ घनिष्ट र प्रभावकारी बनाउनु पर्ने, विषयमा छलफल भयो। बैठकमा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको थियो, जसमा विशेषगरी पार्टीको हालसम्मको कार्यशैली र उपलब्धिहरूको समीक्षा आदि समावेश थिए।

बैठकमा विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राख्दै संगठनलाई अझ मजबुत बनाउन एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। वक्ताहरूले मुख्यमन्त्रीको नीतिगत नेतृत्वमा पार्टीलाई अझ सबल बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। सम्बन्धित समष्टिका क्षेत्र विधायकहरूले क्षेत्र स्तरमा भइरहेको विकासका कार्य र जनताको अपेक्षाबारे अनुभव साझा गरे भने उपाध्यक्ष (प्रभारी) र महासचिवहरूले पार्टीभित्र पारदर्शिता र कार्यक्षमताको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा अझ संगठित भएर अघि बढ्ने प्रतिवद्वता जाहेर गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande