मुख्यमन्त्रीले सेनाको अपमान गरेको आरोप लगाउॅंदै भाजपाद्वारा विरोधमा पोस्टरिङ
मुख्यमन्त्रीले सेनाको अपमान गरेको आरोप लगाउॅंदै भाजपाद्वारा विरोधमा पोस्टरिङ


खरसाङ, 02 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको कथित अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङमा पोस्टरिङ गरेको छ। राज्यकी मुख्यमन्त्रीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ बजारका विभिन्न स्थानहरुमा पोस्टरिङ गरेको छ।

भाजपाले खरसाङको मोटर स्ट्याण्ड क्षेत्रमा व्यापक पोस्टरिङ गरेको छ। यस कार्य अवधि भाजपा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद, चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा र मिडिया प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए।

पोस्टरिङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले भने, सेना देशको शान, गौरव र मर्यादाको प्रतीक हो। सेनाको अपमान गर्नु राष्ट्रकै अपमान हो। भारतीय सेनाले हाम्रो सीमाको सुरक्षा मात्र होइन, संकटको समयमा आम नागरिकहरूको सहारा पनि बन्ने गर्दछ।हाम्रो वर्तमानको स्वतन्त्रता र सुरक्षित भविष्य सेनाको बलिदान र समर्पणकै फल हो।

जिल्ला महासचिव सोनाम लामाले मुख्यमन्त्री ममता ब्यानर्जीले सेना र देशसँग माफ माग्नुपर्ने माग गरे। उनले भने, 'देशको सेनामाथि राजनीति गरेकोमा हामी यसको विरोध जनाउँछौँ। सेनाले देशको रक्षा गर्दछ। सेनालाई लिएर गरिएको व्यवहारको हामी विरोध जनाउँछौँ। यो विरोध खरसाङमा मात्र होइन, तर दार्जिलिङ पहाड, राज्य र देशभरि विरोध भइरहेको छ। देशको सेनामाथि राजनीति गरे हामी यसरी नै विरोध जनाउँछौँ अनि घोर प्रतिवाद गर्दै यसलाई सडकमा लिएर आउनेछौँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande