इम्फाल, 02 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिस एवं सुरक्षा बलहरूले राज्यभरि नै बितेको 24 घण्टामा संचालित संयुक्त अभियानमा छजना मानिसहरूलाई पक्राउ गरेका छन् जसमा दुईजना उग्रवादी पनि सामेल छन्। अभियानको क्रममा भारी मात्रामा ड्रग्स, अवैध रक्सी एवं नगद पनि जफत गरिएको छ।
पुलिसले मंगलवार बतायो, इम्फाल ईस्टको केसीप (नोयोन)- का कुख्यात क्याडर लैइखुराम भोगेन्द्र सिंह उपनाम इनाओ (58)-लाई पक्राउ गरियो भने लमलाई थाना अधिनस्थ गौरंगोर क्षेत्रबाट पीपुल्सरिभोल्यूशनरी पार्टी अफ कांगलीपाक (प्रेपाक) संगठनका उग्रवादी इरेगबाम इबोमचा मैतेई उपनाम एन्थोनीलाई पक्राउ गरियो।
यस अतिरिक्त इम्फाल ईस्टको एण्ड्रो खु्मान लाइकाईका दुईजना मानिसहरूलाई काकचिंग जिल्लाको बफेलो फार्म क्षेत्रबाट पक्राउ गरियो भने यिनीहरूबाट 260 लीटर अवैध मदिरा र एउटा चार चक्के वाहन जफत गरिएको छ।
पुलिस अनुसार थौबल जिल्लाको लिलोंग हंगामथबी क्षेत्रमा सुरक्षा बलहरूले मकाकमायुम मुशर्रफ र रुहानीलाई समाते। यिनीहरूबाट 2.357 किलोग्राम मेथाम्फेटामिन (डब्ल्यूवाई) ट्याबलेट, 2.04 लाख रुपियाँ नगद, छ वटा मोबाइल फोन, नोटबुक, केही पहिचान पत्र, एउटा वकी-टकी सेट एवं चार्जर तथा आभूषण जफत गरिएको छ।
पुलिसले बतायो, यो समन्वित कारबाही राज्यमा उग्रवाद ड्रग्स तस्करी, अवैध मदिरा व्यापार एवं यातायात नियमहरूको उल्लंघनविरूद्ध जारी कड़ा अभियानको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा