विधानसभामा कोकोहोलोः मन्त्री ब्रात्य बसुको बयानमाथि बबाल, विपक्षी नेता शुभेन्दु अधिकारी सस्पेण्ड
विधानसभामा कोकोहोलोः मन्त्री ब्रात्य बसुको बयानमाथि बबाल, विपक्षी नेता शुभेन्दु अधिकारी सस्पेण्ड


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभाको माहोल मंगलवार त्यसबेला गर्मियो जतिबेला शिक्षामन्त्री ब्रात्य बसुले भरतीय सेनामाथि विवादित टिप्पणी गरे। उनको बयानमाथि आपत्ति जनाउँदै विपक्षका नेता शुभेन्दु अधिकारीले नाराबाजी गर्न शुरू गरे जसपश्चात भाजपा विधायकहरूले पनि उनलाई साथ दिए। लगातार खैलाबैला मच्चाएको कारणले स्पीकार बिमान ब्यनर्जीले शुभन्दु अधिकारीहरूलाई सम्पूर्ण सत्रको लागि निलम्बित गरिदिए।

मामिला सोमवार धर्मतलास्थित गान्धी मूर्ति नजिकको हो जहाँ तृणमूल कंग्रेसद्वारा बनाइएको विरोध मञ्चलाई सेनाले हटाउन शुरू गऱ्यो। यस मुद्दामा मुख्यमन्त्री ममता ब्यनर्जीले भाजपामाथि लक्षित गर्दै आरोप लगाइन्, सेनाको कदम राजनीतिक उदेश्यले उठाइएको हो।

मंगलवार सदनमा भएको भाषण अवधि शिक्षामन्त्री ब्रात्य बसुले यसै घटनाको उल्लेख गर्दै भने, सेनाले हाम्रो आन्दोलनको मञ्च भत्काउँदा मलाई 1971 सालमा ढाकामा पाकिस्तानी सेनाद्वारा गरिएको गोलीकाण्डको याद आयो। उनले यो पनि आरोप लगाए, भारतीय सेनाले राजनीतिक दबावमा आएर कारबाही गरेको हो।

ब्रात्य बसुको यस टिप्पणीलाई लिएर विपक्ष भड़्कियो। शुभेन्दु अधिकारीले भने, मन्त्रीले सेनाको अपमान गरेका छन्। भाजपा विधायकहरूले व्यापक नाराबाजी गरे अनि सदनमा कोकोहोलो मच्चाए।

यसैबीच शुभेन्दुले ब्रात्य बसुमाथि आरएसएसका पूर्व प्रमुख एम. एस. गोलवलकरलाई गलत उद्धृत गरेको आरोप लगाए। बसुले दाबी गरेका थिए, गोलवलकर औ पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू दुवै नै भाषागत आधारमा राज्य गठन गर्नेमाथि सहमत भएका थिए। तथापि उनीहरूको दृष्टिकोणमा अन्तर थियो। यसमाथि शुभेन्दु अधिकारीले चुनौती दिए, मन्त्रीले आफ्नो आरोपको प्रमाण विधानसभा सचिवालयमा पेश गरून्। ब्रात्य बसुले पनि प्रमाण उपलब्ध गराउने वाचा गरे।

लगातार कोकोहोलो मच्चिएपछि स्वीकरले विपक्षी नेतालाई निलम्बित गरिदिए जसको विरोधमा भाजपाका विधायकहरूले वकआउट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande