सोनादा, 02 सेप्टेम्बर (हि.स.)। रङ्गबुल धोतरिया जोनको धोतरिया कलेजभेल्ली गाउँहरुबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट र अन्य दलहरुबाट 180 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताइएको छ। रङ्गबुल सुनाखरी संघ सार्वजनिक भवनमा आयोजित सामेल कार्यक्रममा धोतरिया कलेजभेल्ली गाउँहरुबाट पञ्चायत सदस्य हिम्मत प्रधानको नेतृत्वमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अर्पण तामाङ, साथीहरु र अन्य दलका 180 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए।
उनीहरूलाई पार्टी अध्यक्ष अनित थापा र जीटीए सभाका डेपुटी चेयरम्यान राजेस चौहानले पार्टीको झण्डा ग्रहण गराएर पार्टीमा स्वागत जनाए। यस समर्थन कार्यक्रममा पूर्व सभासद महेन्द्र प्रधान, कार्यकारी सभासद सतीश पोख्रेल, सभासद प्रमोस्कर ब्लोन, सभासद नामग्येल लगायत अन्यहरु उपस्थित रहेका थिए।
आईजीजेएफका अर्पण तामाङ्गले सामेल पश्चात आफ्नो सम्बधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिपाही भएर हामी काम गर्ने बताए। उनले आरोप लगाउॅंदै भने, आईजीजेएफले आफ्नो नीति अनुसार काम गरेन। मेराे गल्तीले गर्दा गाउँ घरले दुःख नपाओस् भन्ने मैले ठाने। भेदभावको राजनीतिका कारण गाउँ घरमा फाटो आयो। आजसम्म मलाई साथ दिनु हुने सबैलाई मैले साथमा लिएर आएको छु। ढोका खुल्ला छ, तर ढोकामा पस्नु कि नपस्नु भन्ने दोधारमा परेका साथीहरूलाई पनि विकासको मूल फुटाउन बीजीपीएममा सामेल हुनुहोस। जहाँ विकास छ, जहाँ विकासको मूल छ, त्यहाँ आफू पनि सम्मिलित हुनु सके हाम्रो समाजको नै विकास हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल