गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दुर्गा मन्दिरमा पूजा-अर्चना गरेर राज्यवासीहरूको कल्याणको लागि प्रार्थना गरे। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले आज दुर्गा मन्दिरमा सिक्किमका जनताको पक्षमा आफ्नी पत्नीसॅंग पवित्र पूजा गर्ने सौभाग्य मिलेको जानकारी गराएका छन्। उनले भक्ति र श्रद्धाका साथ सिक्किमका जनताको कल्याण तथा राज्यको शाश्वत शान्ति र समृद्धिको लागि प्रार्थना गरेको कुरा उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल