कंग्रेस कार्यालयमा तोड़फोड़काण्डः भगौड़ा भाजपा नेता राकेश सिंह पक्राउ
कंग्रेस कार्यालयमा तोड़फोड़काण्डः भगौड़ा भाजपा नेता राकेश सिंह पक्राउ


कोलकाता, 03 सेप्टेम्बर (हि.स.)। कोलकाता पुलिसले प्रदेश कंग्रेस मुख्यालयमा भएको तोड़फोड़ मामिलामा भगौड़ा भाजपा नेता राकेश सिंहलाई बुधवार भोर बिहान पक्राउ गरियो। पुलिसले उनलाई ईएम बाइपास नजिक टांगरा क्षेत्रस्थित एक फ्ल्याटबाट पक्राउ गरेको हो। आरोपी सिंहलाई सियालदह अदालतमा पेश गरिनेछ जहाँ उनको पुलिस हिरासतको माग गरिनेछ।

पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा कारबाही गर्दै भोर बिहान लगभग 2 बजे राकेश सिंहलाई समातियो। पुलिस भ्यानमा चढ़ाउँदै गर्दा उनले 'नरेन्द्र मोदी जिन्दाबाद'- को नारा लगाइरहे साथै भने, “राकेश सिंह कसैसित पनि डराउँदैन।”

स्मरण गराइन्छ, गत 29 अगस्तमा राकेश सिंहको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले कोलकातास्थित पश्चिम बंगाल प्रदेश कंग्रेस कमिटी (डब्ल्यूपीसीसी)-को मुख्यालयमा तोड़फोड़ गरेका थिए। यस अवधि कंग्रेस कार्यालयमा टाँसिएका पोस्टरहरू, राहुल गान्धी लगायत अन्य शीर्ष नेताहरू रहेको पोस्टरलाई च्यातेर क्षतिग्रस्त बनाउनको साथै पार्टीको झण्डा जलाइएको थियो। यो विरोध राहुल गान्धीको बिहारमा आयोजित ‘भोटर अधिकार यात्रा’ -को क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध आपत्तिजनक टिप्पणी गरिएको परिणामस्वरूप गरिएको थियो।

राकेश सिंह घटनापछि भागेका थिए, तर सोशल मीडियामा लगातार सक्रिय रहेर पुलिसको विरोधमा बयानबाजी गरिरहेका थिए। पुलिसले यसपूर्व उनका छोरा शिवम सिंहलाई पितालाई भाग्नको लागि सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो। शिवमको पक्राउपछि राकेश सिंहले सोशल मीडियामा पुलिसमाथि परिवारलाई सताएको आरोप लगाएका थिए।

यसपूर्व पुलिसले अन्य तीनजना आरोपीहरू क्रमैले विजय प्रसाद धनुक, सन्तोष कुमार राजभर औ दिव्येन्दु समानातालाई पक्राउ गरिसकेको छ। कंग्रेसको पक्षबाट दर्ता एफआईआरको आधारमा यी सबैलाई पक्राउ गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande