गुवाहाटी, 03 सेेप्टेम्बर (हि.स.)। असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी कामरूप (ग्रामीण) जिल्ला अन्तर्गत अमिन गाउँ क्षेत्रबाट एउटा कार सहित प्रचुर मात्रा मादक पदार्थ हेरोइन जफत गरेको छ। यस सिलसिलामा दुईजना मानिसहरूलाई पनि पुलिसले पक्राउ गरेको छ।
असम पुलिस मुख्यालयद्वारा बुधवार दिइएको जानकारी अनुसार बुधवार मणिपुरको चुराचाँदपुर जिल्लादेखि कामरूप (ग्रामीण) जिल्लाको बाटो भएर गइरहेको एउटा रातो रंगको हुण्डई आई-10 कार (एमएन- 01एडब्ल्यू-2641)- को जाँच गरियो जसमा प्रचुर मात्रामा हेरोइन भेटियो। जफत गरिएको हेरोइनको मूल्य कालो बजारमा 8 करोड़ रुपियाँ रहेको बताइएको छ।
पुलिसले बताएको छ, गुप्त सूचनाको आधारमा एसटीएफले अमिन गाउँमा वाहनलाई रोकेर जाँच गऱ्यो। यस अवधि कारबाट मादक पदार्थ हेरोइनले भरिएका 74 वटा साबुनदानी जफत गऱ्यो जसलाई वाहनको ढोका र डिक्कीमा लुकाएर राखिएको थियो।
मादक पदार्थको तस्करीमा लिप्त मणिपुर निवासी दुईजना मानिसहरूलाई पक्राउ गरियो जसको पहिचान गोगौ सुआंतक (33) र सेइलुन वैफेई (39)-को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा