बलिया, 3 सेप्टेम्बर (हि.स.)। आगामी वर्ष 2047-सम्ममा भारतलाई विककसित बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्पलाई सशक्त बनाउनको लागि मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशलाई पनि विकसित गर्ने दायित्व लिएका छन्। यसको निम्ति संचालन गरिने समर्थ उत्तर प्रदेश विकसित उत्तर प्रदेश- 2047 अभियानमा जिल्लाका सेवनिवृत्त आईएएस अधिकारी अरविन्द सिंहलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
प्रदेश सरकारका विभिन्न उच्च पदहरूमा रहेर सेवानिवृत्त भएका आईएएस अधिकारी अरविन्द कुमार सिंहसित अन्य तीनजना व्यक्तिहरूलाई पनि विकसित यूपी-2047 लाई गति दिनको लागि टीममा सामेल गरिएको छ जसमा सेवानिवृत्त आईएफएस ज्ञान प्रकाश सिंह, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सेवानिवृत्त प्रोफेसर प्रेम नारायण सिंह, आचार्य नरेन्द्रदेव कृषि एवं प्रोद्योगिकी विश्वविद्यालयका वैज्ञानिक डा. सञ्जीत कुमार एवं यूपीपीसीएलको मुख्य अभियन्ता पदबाट सेवानिवृत्त अरविन्द कुमार सिंह सामेल रहेका छन्। यी व्यक्तित्वहरूले विकसित भारतको अवधारणालाई साकार बनाउनको लागि मुख्यमन्त्री योगीद्वारा आगामी वर्ष 2047- सम्ममा यूपीलाई विकसित राज्य बनाउने निर्धारित लक्ष्यलाई प्राप्त गर्नमा आफ्नो अनुभवको लाभ दिनेछन्।
विकसित यूपीको लागि भिजन डाक्यूमेन्ट बनाउनमा पनि अरविन्द सिंह र अन्य विशेषज्ञहरूले आफ्नो भूमिका निर्वाह गर्नेछन्। भिजन डक्युमेन्टको थीम हो- अर्थ शक्ति, सृजन शक्ति औ जीवन शक्ति। यसमा कृषि समेत 12 वटा सेक्टरलाई चिन्हित गरिएको छ यसमाथि सम्पूर्ण यूपीका चार सयजना प्रबुद्धजनले आ-आफ्नो सुझाउ राख्नेछन्। प्रदेशका विभिन्न क्षेत्रहरूका चार सयजना प्रबुद्धजनमा बलियाका अरविन्द कुमार सिंहलाई पनि चयन गरिएकोमा हर्षित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा