मालदामा एसटीएफको छापाः 21 लाखको जाली भारतीय मुद्रा जफत, दुई तस्कर पक्राउ
मालदामा एसटीएफको छापाः 21 लाखको जाली भारतीय मुद्रा जफत, दुई तस्कर पक्राउ


मालदा, 03 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल स्पेशल टास्क फ़ोर्स (एसटीएफ)- ले गए मंगलवार राती गुप्त सूचनाको आधारमा मालदा जिल्लाको बैष्णब नगर थाना क्षेत्रमा पीटीएस मोड़, एनएच-12 (फरक्का तर्फ जाने लेन)-मा छापा मारेर जाली भारतीय मुद्राको ठूलो खेप जफत गऱ्यो। जफत गरिएको नक्कली नोटहरूको मूल्य 20 लाख 87 लाख रुपियाँ रहेको छ। यस मामिलामा दुईजना तस्करहरूलाई पक्राउ गरियो।

एसटीएफका एसपी, आईपीएस इन्द्रजीत बसुले बुधवार अपरान्ह जारी बयानमा बताए, टीमलाई सूचना प्राप्त भएको थियो कि क्षेत्रमा एफआईसीएनको तस्करी हुनेवाला छ। त्यसपछि घेराबन्दी गरेर सड़क किनारमा संदिग्ध रूपमा घुमिरहेका दुईजना युवकहरूलाई समातियो। जाँच गर्दा यिनीहरूको ब्यागबाट जाली नोटहरू भेटियो जसमा 4,174 वटा जाली नोट 500 रुपियाँको थियो जसको सीरियल नम्बर अलग-अलग थियो। प्रारम्भिक जाँचबुझमा दुवैले स्वीकार गरे, यी नोटहरूलाई बंगलादेशबाट तस्करी गरेर ल्याइएको हो।

आरोपीहरूको पहिचान हज्रत बेलाल उपनाम मसूद (24), थाना बैष्णबनगर, जिल्ला मालदा औ तोरिकुल इस्लाम (25), थाना कालियाचक, जिल्ला मालदाको रूपमा भएको छ।

एसपी इन्द्रजीत बसु अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि आरोपीहरूलाई थानामा ल्याइयो। यस मामिलामा बैष्णबनगर थानामा भारतीय न्याय संहिता, 2023 का प्रासंगिक धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ। जाँचको क्रममा यस ऱ्याकेटसित जोड़िएका अन्य मानिसहरूको भूमिकाको पनि पत्तो लगाइनेछ साथै सप्लाई चेनका श्रृंखलारूलाई जोड़्ने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande