एमजी रामचन्द्रनको जयन्तीमा प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जली
pm modi


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा भारत रत्न डा. एमजी रामचन्द्रनको जयन्तीका अवसरमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत अलग–अलग सन्देश जारी गर्दै डा. एमजी रामचन्द्रनको बहुआयामी योगदानको स्मरण गरेका छन्। उनले तमिलनाडुको सामाजिक तथा आर्थिक विकासमा डा. रामचन्द्रनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। साथै, तमिल संस्कृतिलाई विश्वस्तरमा पहिचान दिलाउन उनले उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन्।

प्रधानमन्त्री मोदीले भने, “डा. एमजी रामचन्द्रनको तमिलनाडुको प्रगतिमा योगदान अविस्मरणीय छ। तमिल संस्कृतिलाई लोकप्रिय बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।” उनले समाजका लागि डा. रामचन्द्रनको दूरदर्शी सोचलाई साकार पार्न निरन्तर प्रयास गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande