बलिउड गायक बी प्राकलाई मार्ने धम्की, १० करोड़ रूपियाँ फिरौती माग
बालीवुड सिङ्गर बी प्राक। फाइल फाेटाे।


चण्डीगढ़, 17 जनवरी (हि.स.)। बलिउड गायक बी प्राकलाई मार्ने धम्की दिँदै १० करोड़ रूपियाँ फिरौती मागिएको घटना सार्वजनिक भएको छ। उक्त धम्कीको फोन बी प्राकका एक नजिकका मित्रलाई आएको थियो। यस सम्बन्धमा उनले पञ्जाबको मोहाली पुलिससमक्ष उजुरी दर्ता गराएका छन्। यो घटना लगभग दुई साता अघिको बताइएको छ। शुक्रबार राति मोहाली पुलिसले एक व्यक्तासँग सोधपुछ गरेपछि यो मामला बाहिर आएको हो।

धम्की दिने व्यक्तिको नाम आरजु बिश्नोई बताइएको छ, जो कुख्यात लरेन्स बिश्नोई ग्याङसँग सम्बन्धित रहेको आरोप छ। पञ्जाबी गायक दिलनूर ‘बबलू’ बलिउड गायक बी प्राकका निजी मित्र हुन्। दिलनूर बबलू मोहालीको सेक्टर–९९ स्थित वन राइज सोसाइटीमा बसोबास गर्छन्।

दिलनूरले मोहालीका एसएसपीलाई दिएको उजुरीअनुसार, उनको फोनमा एक अज्ञात व्यक्ताबाट लगातार दुई दिनसम्म फोन आएको थियो। अपरिचित र बाहिरी नम्बर भएकाले उनले फोन उठाएका थिएनन्। त्यसपछि आरोपीले भ्वाइस नोट पठाएको थियो।

अडियो सन्देशमा फोन गर्ने व्यक्तिले एक हप्ताभित्र १० करोड़ रूपियॉं नदिए बी प्राकलाई गम्भीर क्षति पुर्‍याइने धम्की दिएको उल्लेख छ। साथै, धम्कीलाई गम्भीर रूपमा लिन चेताउनी दिँदै आफू लरेन्स बिश्नोई ग्याङसँग जोडिएको र विदेशबाट सञ्चालन भइरहेको दाबी गरेको छ।

भ्वाइस म्यासेज प्राप्त भएपछि दिलनूरले मोहालीका एसएसपीसमक्ष लिखित उजुरी दिएका हुन्। पुलिसले यस घटनाको गम्भीरतापूर्वक जॉंच शुरु गरिसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande