
नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। आम आदमी पार्टी (आआपा)- की नेता औ दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशीले सिखका नवौं गुरू श्री गुरु तेग बहादुर सिंह साहिबको कथित अपमान गरेको विरोधमा भारतीय जनता पार्टी (भाजपा)-ले शुक्रवार आआपा कार्यालय बाहिर प्रदर्शन गऱ्यो।
प्रदर्शनको शुरुआत ली मेरिडियन होटल निकटबाट भयो जहाँ दिल्ली भाजपाका सांसद कमलजीत सहरावत, योगेन्द्र चाँदोलिया, विष्णु मित्तल तथा राष्ट्रिय प्रवक्ता सरदार आरपी सिंहको नेतृत्वमा हजारौं भाजपा कार्यकर्ता एकत्रित भएका छन्। भाजपा कार्यकर्तहरूले नारा लगाएर आतिशीसित सार्वजनिक रूपमा माफीको माग गरे।
उल्लेखनीय छ, यो विवाद दिल्ली विधानसभाको शीतकालीन सत्र अवधि उत्पन्न भएको हो जतिबेला गुरु तेग बहादुरको शहादतको 350औं वर्षगाँठमाथि भएको चर्चामा आतिशीले अपमानजनक टिप्पणी गर्दै आरोप लगाइन्।भाजपाले यसलाई सिख समुदायको भावनाको गम्भीर अपमान बताउँदै आतिशीको विधआनसभा सदस्यता रद्द गर्ने तथा माफी माग्ने माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा