
आसनसोल, 09 जनवरी (हि. स.)। पानागढ़ स्टेशन छेउमा आरपीएफका एक जना जवानले ड्यूटी अवधि नै रेलवे ट्र्याकमा हाम फालेर आत्महत्या गरे। यो गटना गए बिहीवार राति पानागढ़ स्टेशनको प्लेटफर्म नम्बर-1 नजिकै ट्र्याकमा भएको हो। मृतकको नाम अरूण कुमार सिंह (55) हो।
सूचना पाएपछि पानागढ़ स्टेशनका आरपीएफ जवानहरू घटनास्थलमा पुगे। पछि आरपीएफका वरिष्ठ अधिकारीहरूले पनि घटनास्थलमा पुगेर जीआरपीलाई सूचना दिए।
जीआरपीले घटनास्थला पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि लिएर गयो। मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। ड्यूटीमा तैनाथ आरपीएफ कर्मचारीको मृत्युको सम्बन्धमा रेलवे पुलिस बलको पक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। मृत्युको कारण पत्तो लगाउनको लागि आरपीएफले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा