घड़ी चोर पक्राउ
घड़ी चोर पक्राउ


गुवाहाटी, 09 जनवरी (हि.स.)। गुवाहाटीको पानबजार पुलिस थानाको टोलीले घड़ी चोरीको घटनामा संलग्न एक चोरलाई चोरीको घड़ी सहित पक्राउ गरेको छ।

पुलिसले जानकारी दिएको छ, पानबजार पुलिस थानाको टोलीले 2 नम्बर रेलवे गेट क्षेत्रबाट सुमन बर्मन (22) लाई पक्राउ गरेको छ।

पुलिसले पक्रा परेको अभियुक्तबाट चोरीका समानहरू जफत गरेको छ, जसमा दुई वटा स्मार्टवाच, एउटा सुनौलो रंगको नाड़ी घड़ी र एउटा फलामको रड समावेश छ। पुलिसले एफआईआर दर्ता गरी कानूनी कारबाही शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande