प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
प्रवीण गुरुङ


गान्तोक, 0१ अक्टोबर (हि.स.)। सिक्किम पुलिसका एक सेवानिवृत्त वरिष्ठ अधिकारी प्रवीण गुरुङले आफु सिक्किमको भूमिपुत्र रहेको ठोकुवा गर्दै सम्बन्धित दस्तावेजहरू सार्वजनिक गरेका छन्। उनले खॉंटी सिक्किमेहरूको चिन्हारीमाथि बारम्बार प्रश्न तेर्साएर उनीहरूलाई उत्पीडन गर्ने कार्य बन्द गरिनु पर्ने आह्वान पनि गरेका छन्।

पूर्व पुलिस अधिकारी गुरुङ आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। उनको सिक्किमेली चिन्हारीमाथि उठाइएका प्रश्नहरूको स्पष्टीकरण दिॅंदै उनले यस्तो आह्वान गरेका हुन्। उनले आफुमाथि 'बाहिर' को भन्ने आरोप बारम्बार लाग्दै आएको बताए भने हरेक पटक प्रश्न तेर्साउनेहरूलाई आफु खॉंटी सिक्किमे रहेको दस्तावेजहरूसहित प्रमाणित पनि गर्दै आएको जानकारी गराए। यद्यपि, यो क्रम अझै पनि निरन्तर जारी रहेकोमा उनले दुखेसो पोखे।

गुरुङले यसरी बारम्बार उनको सिक्किमेली चिन्हारीमाथि प्रश्न उठाउने गरिएकाले उनको परिवारले समेत कष्ट झेल्नु परिरहेको अवगत गराए। यस कारण आज आफु प्रेस समक्ष आएर आफ्नो चिन्हारी बताउन बाध्य बनेको स्पष्ट पारे। उनले भने, 'म सिक्किमको भूमिपुत्र हुॅं। म जन्म, कर्म र कानुनले सिक्किमे हुॅं। म एक कुलीन परिवारबाट हुॅं। मेरो पिताको नाम एबी गुरुङ र माताको नाम जशोदा मुखिया गुरुङ हो।' उनले आफ्नो जन्म पत्रिका देखाउॅंदै इच्छुक व्यक्तिहरूले यसको फरेन्सिक जॉंचसमेत गर्न सक्ने बताए।

यसै क्रममा गुरुङले उनका पुर्खाहरू 40 को दशकमा दार्जिलिङबाट सिक्किम आएको कुरा पनि स्पष्ट पारे। यस अघि उनले बसाइँसराइ एक प्राकृतिक घटना रहेको उल्लेख गर्दै सिक्किम पनि आप्रवासीहरूको भूमि रहेको विचार व्यक्त गरे। उनले सिक्किम बसाइॅंसर्नेहरू सिक्किममा आक्रमण गर्नु नभई आफ्नो आजीविका आर्जनका साथै सिक्किमको निर्माण गर्न आएको बताए। उनले उनका पुर्खाहरू पनि सोही उद्देश्यका साथ दार्जिलिङबाट सिक्किम बसाइॅंसरेको स्वीकार्दै यसमा आफु गर्वित रहेको बताए।

उनले सिक्किम आएपछि उनका पुर्खाहरू छोग्यालको शासनमा सिक्किमको निर्माण कार्यहरूमा खटिएको बताए। उनले छोग्यालद्वारा आफुलाई प्रदान गरिएको सिक्किम सब्जेक्ट (सिरियल नम्बर र भोल्युम नम्बरसहित) पढेर मिडियाअघि सुनाए। उनले सीओआई कानूनी रूपमा मात्र नभई भावनात्मक रूपमा पनि सुरक्षित हुनुपर्छ भन्ने आफ्नो अडान स्पष्ट पारे। तर, खॉंटी सिक्किमेहरूलाई यसरी आधारहीन आरोपहरू लगाएर प्रताडित गर्नु उचित नरहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande