
कोलकाता, 0१ अक्टोबर (हि.स.)। देशविरोधी गतिविधिको आरोपमा पक्रा परेका युट्युबर दीपक ब्यापारीलाई बिहिवार बैंकशाल अदालतमा पेश गर्ने क्रममा हङ्गामा भएको छ। कारागारको गाड़ीबाट ओर्लिने बित्तिकै केही मानिसहरूले उनलाई लक्षित गर्दै अण्डा प्रहार गरे। यस क्रममा केही वकिल समेत प्रभावित भएको बताइएको छ। पुलिसले स्थिति नियन्त्रणमा लिन खोज्दा अदालत परिसरमा तनाव झन् बढ्यो।
दीपक ब्यापारी सामाजिक सञ्जालमा राजनीतिक विषयमा जानकारी साझा गर्ने गर्छन् र आफूलाई स्वतन्त्र पत्रकार बताउँछन्। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले देशका विभिन्न भागमा कथित रूपमा फर्जी समाचार फैलाएको, अन्तरराष्ट्रिय षड्यन्त्र तथा जासुसी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। उनलाई 28 सेप्टेम्बरमा तमिलनाडुको कोयम्बटूरबाट पक्राउ गरिएको थियो।
बिहिवार दीपकलाई बैंकशाल अदालतमा ल्याइयो। कारागारको गाड़ीबाट ओर्लिनेबित्तिकै केही मानिसहरूले उनीमाथि अण्डा प्रहार गरे। पुलिसले उनलाई कुनै किसिमले अदालतभित्र लैजाने प्रयास गरिरहेको थियो। यसै क्रममा केही वकिलसँग धक्कामुक्की तथा आक्रमण भएको गुनासो समेत आएको छ। त्यसपछि पुलिस र आक्रोशित व्यक्तिहरूबीच पनि विवाद भयो।
घटनापछि अदालत परिसरमा लामो समयसम्म तनावको अवस्था कायम रह्यो। पुलिसले निकै प्रयासपछि स्थिति नियन्त्रणमा लियो।
हिन्दुस्थान समाचार / बिशाल