साउदी अरबमा ड्रोनको अवशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु
साउदी में ड्रोन का मलबा गिरने से रिफायनरी में आग लग गई


काठमाडौँ, २२ अक्टोबर (हि.स.)। साउदी अरबको अरामको तेल प्रशोधन केन्द्र तथा उत्पादन क्षेत्रमा ड्रोनको अवशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक एक-एक जना घाइते भएका छन्। बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक-एक नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार, संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाना नजिक अवस्थित शैबह तेल क्षेत्रलाई लक्षित गरी आएको एउटा ड्रोनलाई बीच बाटोमै रोकिएको थियो। त्यसपछि ड्रोनको अवशेष खस्दा तेल उत्पादन केन्द्रमा क्षति पुगेको थियो। अवशेष खसेका कारण केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भयो।

साउदी अरबको विदेश मन्त्रालयले रियादस्थित नेपाली दूतावासलाई बिहीबार यस घटनाबारे औपचारिक जानकारी गराएको छ। मृत्यु भएका नेपाली नागरिकको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande