इटानगरमा हेरोइन सहित अरुणाचल प्रदेश पुलिसका दुई जवान पक्राउ
The image shared by Itanagar Police.


इटानगर, 25 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको राजधानी इटानगरमा पुलिसले हेरोइन राखेको आरोपमा आफ्नै विभागका दुई जना जवानलाई पक्राउ गरेको छ। दुवैको कब्जाबाट करिब 11 ग्राम सन्दिग्ध हेरोइन बरामद गरियो। यस आशयको जानकारी राजधानी पुलिसले आइतवार दिएको हो।

पुलिस अनुसार गत 24 अक्टोबरमा एक गुप्त सूचनाको आधारमा इटानगरको जुल लेङ्ग क्षेत्रमा भाडाको घरमा खोजी अभियान चलाइयो। अभियानको नेतृत्व इटानगरका एसडीपीओ चेरा सबनले गरे भने सम्पूर्ण अभियान राजधानीका एसपी जुम्मर बासारको निर्देशनमा गरियो। सक्षम प्राधिकारीबाट लिखित अनुमति प्राप्त गरेपछि नगर मेजिस्ट्रेट मेरी तान्याङ्गको उपस्थितिमा खोजी कार्य गरियो।

पक्रा परेका जवानहरूको पहिचन अरुणाचल प्रदेश पुलिस (सिभिल)- का कन्स्टेबल मोन्नोङ्ग ताङ्गकु र इण्डिया रिजर्भ बटालियन (आइआरबीएन)- का कन्स्टेबल जबडाङ्ग खाबिसोका रूपमा गरिएको छ। ताङ्गकुको कब्जाबाट करिब छ ग्राम र खाबिसोबाट पाँच ग्राम संदिग्ध हेरोइन बरामद भएको पुलिसले जनाएको छ। अपरेशनको क्रममा दुवैको मोबाइल फोन पनि जफत गरियो।

पुलिस अनुसार कार्यकारी मेजिस्ट्रेट र एकजना स्वतन्त्र साक्षीको उपस्थितिमा खोजी एवं जफतको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी ई-प्रमाण आवेदनको माध्यमबाट यसलाई दर्ता गरियो।

यस सम्बन्धमा इटानगर पुलिस स्टेशनमा मुद्दा नम्बर 345/2026 दर्ता गरिएको छ। अभियुक्तहरू विरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट (एनडीपीएस)- को धारा 21 (ए), 27 ए र 29 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पुलिसले बतायो, लागऔषध आपूर्तिको श्रोत पत्तो लगाउन, सम्भावित सम्पर्कहरू पहिचान गर्न र अरूको संलग्नताको अनुसन्धान गर्न अग्रिम कारबाही भइरहेको छ। क्यापिटल पुलिसले दोहोऱ्यायो, लागूपदार्थसित सम्बन्धित अपराधहरूप्रति उसले शून्य सहिष्णुता नीति अप्नाएको छ र यसमा संलग्न जो कोहीलाई पनि पदको परवाह नगरी कारबाही गरिनेछ।

-----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande