वाराणसीमा प्रधानमन्त्रीको पुष्पवर्षाबीच स्वागत, समर्थकहरूलाई देखेपछि मोदीले रोके गाड़ी
रास्ते में पुष्पवर्षा के बीच प्रधानमंत्री का स्वागत,काफिले में प्रधानमंत्री


रास्ते में पुष्पवर्षा के बीच प्रधानमंत्री का स्वागत,काफिले में प्रधानमंत्री


वाराणसी, २५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार आफ्नो संसदीय निर्वाचन क्षेत्र वाराणसी पुगे। यहाँ पुलिस लाइनदेखि नमो घाटसम्म १३ स्थानमा भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता तथा स्थानीय नागरिकहरूले पुष्पवर्षा, ढोल–नगाड़ा, शङ्खनाद र डमरु समूहको गुञ्जायमान प्रस्तुतिबीच उनको स्वागत गरे। सड़क यात्राका क्रममा हातमा भाजपाका झण्डा र राष्ट्रिय झण्डा बोकेका मानिसहरूको उत्साह हेर्नलायक थियो।

आफ्नो वाराणसी भ्रमणका क्रममा प्रधानमन्त्रीले मिर्जामुराद क्षेत्रको खोचवाँ स्थित अरविन्द लिमिटेडको नयाँ औद्योगिक एकाइको उद्घाटन गरेपछि नमो घाटमा आयोजित ‘विङ्स ओभर गङ्गा’ हवाई प्रदर्शनी अवलोकन गर्न पुगे। यसका लागि उनी भारतीय वायुसेनाको हेलिकप्टरबाट पुलिस लाइन पुगे। त्यहाँबाट कड़ा सुरक्षा व्यवस्थाबीच सवारीसाधनको लस्कर सहित सड़कमार्ग हुँदै नमो घाटतर्फ प्रस्थान गरे।

पुलिस लाइनदेखि नमो घाटसम्मको मार्गमा प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा मानिसहरूको ठूलो भीड़ जम्मा भयो। भदऊचुङ्गी नजिक सड़कको दुवैतर्फ हजारौँ मानिस उपस्थित रहेको र उनीहरूमा उत्साह देखेपछि प्रधानमन्त्री मोदीले आफ्नो गाड़ी रोक्न लगाए। उनी गाड़ीबाट बाहिर निस्किए र हात हल्लाउँदै मानिसहरूको अभिवादन स्वीकार गरे।

स्वागत केन्द्रहरूमा देखियो काशीको सांस्कृतिक झलक

भाजपा काशी क्षेत्रका अध्यक्ष अशोक चौरसिया अनुसार, प्रधानमन्त्रीको स्वागतका लागि पुलिस लाइनदेखि नमो घाटसम्म १३ वटा स्वागत केन्द्र बनाइएको थियो। यी केन्द्रहरूमा भाजपा कार्यकर्ता तथा स्थानीय नागरिकहरूले ढोल–नगाड़ा, शङ्खनाद, डमरु समूहको प्रस्तुति र पुष्पवर्षा सहित प्रधानमन्त्रीको स्वागत गरेका थिए। काशीको समृद्ध सांस्कृतिक परम्परा झल्काउन विभिन्न स्थानमा सङ्गीत तथा नृत्यका कार्यक्रम समेत आयोजना गरियो।

पुलिस लाइनको प्रवेशद्वारमा भाजपा महिला मोर्चाका कार्यकर्ताहरूले पुष्पवर्षा गरेर प्रधानमन्त्रीको स्वागत गरे। सम्पूर्ण मार्गमा उत्सवमय वातावरण देखियो र मानिसहरूले उत्साहपूर्वक प्रधानमन्त्रीप्रति समर्थन तथा सम्मान व्यक्त गरे।

प्रधानमन्त्रीलाई चित्रकला उपहार दिने आशामा उभिइरहे गाजीपुरका बालक

नमो घाट नजिक गाजीपुरका सिद्धार्थ नाम गरेका एक बालक प्रधानमन्त्री मोदीलाई आफूले बनाएको चित्रकला उपहार दिने आशामा लामो समयसम्म उभिइरहे। उनले आफ्नै हातले प्रधानमन्त्रीको तस्बिर बनाएका थिए र प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर उक्त चित्रकला उपहार दिने उनको इच्छा थियो।

प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै पुलिस तथा प्रशासनका टोलीहरू सुरक्षा व्यवस्थाप्रति पूर्ण रूपमा सतर्क रहे। भाजपा नेता, पदाधिकारी तथा कार्यकर्ताहरू पनि विभिन्न स्वागत केन्द्रमा सर्वसाधारणसँगै उपस्थित थिए। प्रधानमन्त्रीको स्वागतका क्रममा सम्पूर्ण मार्गमा काशीको धार्मिक आस्था, सांस्कृतिक सम्पदा र नागरिकहरूको उत्साह स्पष्ट रूपमा देखियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande