
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमनत विश्व सरमाले मङ्रगलवार भने, राज्यको ग्रामीण अर्थव्यवस्थालाई पुनर्जीवित गर्ने उद्देश्यले पशुपालन क्षेत्रलाई सुदृढ पार्न सरकारले धेरै वटा कदमहरू उठाइरहेको छ।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, गाई पालन, दुग्ध उत्पादन, कुखुरा पालन, अण्डा उत्पादन एवं बाख्रा पालन लगायतका पशुपालनसँग सम्बन्धित विभिन्न क्षेत्रमा किसान अनि उद्यमीहरूलाई सरकारले प्रोत्साहन गरिरहेको छ।
यसका साथै आधुनिक पशु चिकित्सा सेवा, गुणस्तरीय पशुखादको उपलब्धता र पशुपालनमाथि आधारित उद्योग स्थापना गर्नका लागि सुविधाहरूलाई विस्तार गरिरहेको पनि उनले बताए।
मुख्यमन्त्री अनुसार यी पहलहरूको उद्देश्य परम्परागत पशुपालनलाई व्यापारिक उद्यममा परिणत गर्नु अनि ग्रामीण परिवारको आय बढ़ाउनु हो।
यी प्रयासहरूले महिलाहरूमाझ उद्यमशीलतालाई प्रेरित गर्ने तथा स्थानीय स्तरमा नयाँ रोजगारका अवसरहरू सिर्जना गर्ने बताउँदै उनले भने, यसबाट असमको ग्रामीण अर्थतव्यवस्था बलियो मात्र नभई ग्रामीण क्षेत्रको समग्र विकासलाई पनि गति मिल्नेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा