
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले मङ्गलवार असमिया सिनेमाका दिग्गज अभिनेता निपोन गोस्वामीलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले अभिनेतालाई असमिया फिल्म जगतको चम्किला तारा बताउँदै उनले आफ्नो असाधारण अभिनय र गरिमामय व्यक्तित्वले सबैलाई प्रभावित पारेको बताए।
सोशल मिडियामा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, निपोन गोस्वामी एकजना असाधारण अभिनेता मात्र नभई उनको सुसंस्कृत व्यक्तित्वले मानिसहरूलाई मन्त्रमुग्ध पारेको थियो। उनले आफ्नो अतुलनीय अभिनयबाट दर्शकको हृदयमा जुन विशेष स्थान बनाएका थिए, त्यो आज पनि कायम छ।
असमिया फिल्म ककादेवता, नाती आरु हाती’- मा अभिनेतासँग बिताएको समयलाई स्मरण गर्दै डा. सरमाले भने, ती क्षणहरूको सम्झनाले आज पनि मनमा विशेष भावना जगाउँछ।
मुख्यमन्त्रीले भने, निपोन गोस्वामीको अभिनय एवं उनको योगदान असमिया चलचित्र उद्योगको लागि सदैव प्रेरणाको श्रोत बनिरहनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा