युवा शक्तिले प्रतिभा र  परिश्रमबाट सम्भावनालाई उपलब्धिमा परिणत गरिरहेको छः मुख्यमन्त्री योगी
मुख्यमंत्री योगी


-मुख्यमन्त्रीले वर्ष 2017 पछि डबल इञ्जिन सरकारको बदलिएको कार्य संस्कृतिसित जनतालाई अवगत गराए

लखनऊ, 27 अक्टोबर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलवार 'एक्स' मा पोस्ट गरी भने, उत्तर प्रदेशको युवा शक्तिले आफ्नो प्रतिभा एवं कड़ा परिश्रमबाट सम्भावनालाई उपलब्धिमा परिणत गरिरहेको छ। उनले वर्ष 2017 पछि डबल इञ्जिन सरकारको बदलिएको कार्य संस्कृति एवं रोजगार सृजनमा युवा शक्तिको नयाँ पहिचानबारे जनतालाई बताए।

नवप्रवर्तनको नयाँ सोच, उद्यमशीलताको साहस

मुख्यमन्त्रीले लेखे, नवप्रवर्तनको नयाँ सोच होस्, उद्यमशीलताको साहस होस् वा विभिन्न क्षेत्रहरूमा उत्कृष्टताको नयाँ प्रतिमान स्थापित गर्ने संकल्प होस्, उत्तर प्रदेशको युवा शक्तिले आफ्नो प्रतिभा र परिश्रमबाट सम्भावनालाई उपलब्धिमा परिणत गरिरहेको छ। यस ऊर्जावान युवा शक्तिको शक्ति, रचनात्मकता एवं उपलब्धिहरूको उत्सव मनाउन म आज लखनऊमा आयोजित टीओआई यूथ आइकन्स समिट एवं अवार्ड्स- 2026 मा भाग लिनेछु।

वर्ष 2017 अघि अव्यवस्थाका कारण युवाहरूको भविष्य अन्धकारमा थियो

मुख्यमन्त्रीले भने, वर्ष 2017 भन्दा पहिला उत्तर प्रदेशका प्रतिभाशाली युवाहरूलाई अवसरको अभावमा पलायन हुन परेको थियो। भर्तीहरूमा भ्रष्टाचार भाइ-भतिजावाद एवं अव्यवस्थाले गर्दा युवाहरूको भविष्य अन्धकारमय थियो। प्रतिभा हुँदाहुँदै पनि उनीहरूले अगाडि बढ्नका लागि अपेक्षित अवसर र प्रोत्साहन पाएका थिएनन्।

मुख्यमन्त्रीले बताए, वर्ष 2017 पछि डबल इञ्जिन सरकारले यस कार्य-संस्कृतिलाई परिवर्तन गऱ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशमा डबल इञ्जिन सरकारले पारदर्शी भर्ती, कौशल विकास, स्टार्टअप एवं उद्यमशीलतालाई बढावा दिएर युवाहरूका लागि अगाडि बढ्ने नयाँ अवसर सिर्जना गरेको छ। आज उत्तर प्रदेशको युवा शक्तिले रोजगारको आकांक्षा मात्र नभएर रोजगार सिर्जनामा पनि नयाँ पहिचान बनाउँदै 'विकसित उत्तर प्रदेश-विकसित भारत' -को सङ्कल्पलाई साकार पार्नमा अग्रणी भूमिका निभाइरहेको छ।

/ बिशाल


 rajesh pande