तस्करको चङ्गुलबाट 35 भन्दा बढ़ी गाई उद्धार
तस्करको चङ्गुलबाट 35 भन्दा बढ़ी गाई उद्धार


खड़गपुर, 27 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अन्तर्गत माटिबेरुआमा मङ्गलवार बिहान सवेरै धानको भुस लादिएको 16 चक्के ट्रकबाट 35 वटाभन्दा बढ़ी गाई-गोरूहरूलाई पुलिसले तस्करको चङ्गुलबाट उद्धार गऱ्यो। ट्रकभित्र बनाइएको गोप्य ठाउँमा लुकाउएर गाई-गोरूहरूलाई लैजाने प्रयास गरिरहेको थियो। पुलिसको कारबाहीले तस्करीको प्रयासलाई विफल बनायो।

पुलिस सूत्र अनुसार बाहिरबाट हेर्दा ट्रकलाई धानको भुसले भरिएको देखिँदैथ्यो, तर भित्र विशेष रूपमा गुप्त ठाउँ बनाइएको थियो जसमा गाई-गोरूहरूलाई लुकाएर राखिएको थियो। मङ्गलवार भोर बिहान बङ्गाल-ओडिशा सीमामा अवस्थित माटिबेरुआ नाकामा अभियान सञ्चालन गरी दाँतन थानाका पुलिसले ट्रकको जाँच गऱ्यो जसमा गाईहरूलाई लुकाएर लगिरहेको मामिला प्रकाशमा आयो।

उक्त कारबाहीपछि पुलिसले ट्रकलाई जफत गऱ्यो। उद्धार गरिएका गाईहरूलाई सुरक्षित राख्नको लागि ओडिशाको 'माँ भवती गोशाला'-मा पठाइएको छ।

पुलिसले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि यस मामिलामा को-को संलग्न छन्, गाईवस्तुहरू कहाँबाट ल्याइएको थियो र कहाँ लगिँदै थियो। घटनाको पछाडि कुनै ठूलो तस्करी गिरोह छ कि छैन, यसको पनि पुलिसले अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande