मनोज जराङ्गेको कथित अडियो क्लिप मामिलाको जाँच गर्न आईपीएस शैलेश बालकवड़ेको नेतृत्वमा एसआईटी गठित
मनोज जराङ्गेको कथित अडियो क्लिप मामिलाको जाँच गर्न आईपीएस शैलेश बालकवड़ेको नेतृत्वमा एसआईटी गठित


मुम्बई, 27 अक्टोबर (हि.स.)। मराठा आरक्षणका नेता मनोज जराङ्गे पाटिलको कथित अडियो क्लिपको अनुसन्धान गर्नको लागि राज्य सरकारले मङ्गलवार अतिरिक्त पुलिस आयुक्त शैलेश बालकवड़ेको नेतृत्वमा तीन सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ। एसआईटीमा पुलिस उपायुक्त विजयकान्त सागर तथा आईपीएस बजरङ्ग बनसोडेलाई पनि सामेल गरिएको छ।

मुख्यमन्त्री देवेन्द्र फडणवीसले मनोज जराङ्गेको कथित 500 करोड़ रुपियाँको अडियो क्लिपको छानबिन गर्न एसआईटी गठन गर्ने आदेश दिएका थिए। यसै आदेशलाई पालन गर्दै आज एसआईटी गठन गरियो जसान्तर्गत अडियो क्लिपको प्रामाणिकता, यसमा रहेको आवाज र क्लिपको प्रसारसित सम्बन्धित पक्षहरूको जाँच गरिनेछ। टीमले यो पत्तो लगाउने प्रयास गर्नेछ कि कथित अडियो क्लिप कसले तयार गऱ्यो, कसलाई पठाइएको थियो र यसमा सुनिएको आवाज वास्तविक हो कि होइन। साथै, एआईको सहयोगमा क्लिप तयार गरिएको आशङ्काको पनि जाँच गरिनेछ।

उल्लेखनीय छ, अडियो क्लिप मराठा नेता मनोज जराङ्गेद्वारा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो। उक्त कथित अडियो क्लिपमा चार जना मानिसहरूले मनोज जरङ्गेलाई 500 करोड़ रुपियाँ दिइएको सम्बन्धमा कुराकानी गरिएको छ। त्यसबेलादेखि महाराष्ट्रको राजनीति अस्थिर अवस्थामा छ। मनोज जरङ्गे आफैले उक्त क्लिपको अनुसन्धान गर्ने माग गरेका थिए। यसबीच भाजपा एवं शिवसेना सिन्दे समूहले यो अडियो क्लिपको अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरेका थिए। विपक्षीले पनि यो कथित अडियो क्लिपलाई लिएर सरकारलाई आरोप लगाइरहेको थियो। यसैलाई ध्यानमा राख्दै मुख्यमन्त्रीले यो क्लिपको गहन अनुसन्धान गर्ने आदेश जारी गरेका थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande