चक्रवात अर्णवलाई लिएर तीन वटा जिल्लाहरूमा सतर्कता जारी, नियन्त्रण कक्ष स्थापित
चक्रवात अर्णब को लेकर सतर्कता वार्ता


कोलकाता, 27 अक्टोबर (हि.स.)। बङ्गालको खाड़ीमा बनिरहेको चक्रवात 'अर्णव' सोझै राज्यको तटमा ठोक्किने आशङ्कालाई मध्यनजर गर्दै मौसम विभागले चेताउनी जारी गरेको छ। पूर्व र पश्चिम मेदिनीपुर एवं झाडग्राम जस्ता जिल्लाहरूमा मङ्गलवारदेखि मौसम परिवर्तन हुने सम्भावना छ। सावधानीको रूपमा तीन वटै जिल्लाहरूमामा नियन्त्रण कक्ष खोलिएको छ भने आपदा व्यवस्थापन दलहरूलाई तयार राखिएको छ। दिघा, मन्दारमणि एवं शङ्करपुर लगायतका समुद्र तटर्वती पर्यटन केन्द्रहरूमा 27 अक्टोबरदेखि समुद्रमा जानदेखि प्रतिबन्ध लगाइएको छ।

चक्रवातको प्रभावले ओडिशा र बङ्गालका तटीय क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ। यस अवधि 30 देखि 40 किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ। पूर्व मेदिनीपुर जिल्लाको तटीय क्षेत्रमा 43 वटा राहत शिविरहरू अवस्थित छन् जसलाई प्राकृतिक प्रकोपको सामना गर्नका लागि नै तयार राखिएको छ। यसबाहेक तटीय क्षेत्रका जनताको सुरक्षाका लागि 500 वटा विद्यालय भवनहरूलाई पनि तयार राखिएको छ।

जिल्ला आपदा व्यवस्थापन विभागका अधिकारी निरञ्जन मण्डलले भने, मौसम विभागबाट प्राप्त सूचना अनुसार आवश्यक कदम चालिएको छ। सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिँदै सबै तयारी सम्पन्न गरिएको छ। जिल्ला, ब्लक एवं पञ्चायत तहसम्म निरन्तर सम्पर्क कायम गरिएको छ।

जिल्ला प्रशासनले दिघा, मन्दारमणि र शङ्करपुर लगायतका तटीय पर्यटकीय केन्द्रहरूमा विशेष सतर्कता अप्नाएको छ। मङ्गलवारदेखि समुद्र अशान्त हुने सम्भावनालाई ध्यानमा राख्दै चेताउनी दिइएको छ। यसको साथै तीव्र हुरीको चल्ने अनुमान पनि लगाइएको छ। यसैकारण अक्टोबर 27 देखि 31 सम्म समुद्रमा नुहाउन प्रतिबन्ध लगाइएको छ। मङ्गलवारसम्म माछा मार्नेहरूलाई समुद्रबाट फर्किन निर्देशन दिइएको छ। दिघा-शङ्करपुर विकास प्राधिकरण, दिघा पुलिस स्टेशन तथा दिघा मोहना कोस्टल पुलिस स्टेशनले समुद्र तटमा लाउडस्पीकर मार्फत पर्यटकहरूलाई सचेत गराइरहेका छन्।

दीघा-शङ्करपुर विकास प्राधिकरणका कार्यकारी अधिकृत प्रतीक अशोक धुमलले सोमबार साँझ चक्रवातले सिधै दिघाको तटमा प्रहार गर्ने सम्भावना अहिले कम रहेको बताए। तर, अक्टोबर 27 देखि वर्षा सुरु हुने अनुमान गरिएको छ। त्यसैले पर्यटकलाई सचेत गराइएको छ। प्रशासन कुनै पनि परिस्थितिको सामना गर्न तयार छ।

दिघा-शङ्करपुर होटल व्यवसायी सङ्घका संयुक्त सचिव बिप्रदास चक्रवर्तीले दुर्गा पूजापछि पर्यटकहरूको सङ्ख्या घटेको पनि केही पर्यटकहरू अहिले पनि यहाँ छन् जसलाई सतर्क गराइएको छ।

जिल्ला प्रशासनले चक्रवात 'अर्णव' -को सामना गर्न पश्चिम मेदिनीपुर जिल्लामा नियन्त्रण कक्ष खोलेको छ। प्रशासनिक सूत्र अनुसार मोहनपुर, दाँतन, केशियाडी, सबङ्ग, पिङ्गला, देबरा, खड़गपुर र मेदिनीपुरमा अतिरिक्त सतर्कता अपनाइएको छ। सबै ब्लक प्रशासनलाई सतर्क रहन निर्देश दिइएको छ।

जिल्लाधिकारी बिजिन कृष्णाले भने, चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सबै सावधानीका उपायहरू अप्नाइएको छ।

चक्रवात 'अर्णव'- को प्रभाले झाड़ग्राम जिल्लामा पनि 40 किलोमिटर प्रतिघण्टाको गतिमा वर्षासँगै तेज हावा चल्ने पूर्वानुमान गरिएको छ। आपदा व्यवस्थापन विभागको पहलमा 24 घण्टै सञ्चालन हुने नियन्त्रण कक्ष शुरु गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande