ट्रकको ठक्करले यात्रु वाहन नालामा झऱ्यो, चालक भाग्यले बच्यो
नाले में गिरा यात्री वाहन


जलपाईगुडी, 27 अक्टोबर (हि.स.)। राजगञ्जको बखोआबाड़ीमा सिलगढ़ी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा एउटा मालवाहक ट्रकको ठक्करले सानो यात्रु वाहन सड़क किनारको नालामा झऱ्यो। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। कार चालक भाग्यले बच्यो।

जानकारी अनुसार मङ्गलवार बिहान एउटा यात्रु वाहन जलपाईगुडीदेखि सिलगढ़ी तर्फ गइरहेको थियो। यसैबीच पछाड़िबाट आएको मालवाहक ट्रकले उक्त यात्रु वाहनलाई ठक्कर दियो। ठक्करपछि चालकले वाहनमाथि नियन्त्रण गुमायो फलस्वरूप वाह सड़क किनारको नालामा झऱ्यो।

दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भागेको बताइएको छ। तर पछ्याउँंदै गएर जोटियाकली नजिकै उक्त ट्रकलाई समातियो। दुर्घटनाग्रस्त वाहनलाई पनि बाहिर निकालिएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande