
गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असम सरकारले सीमा सुरक्षा एवं अवैध घुसपैठविरुद्ध आफ्नो कडा नीतिलाई दोहोऱ्याउँदै भनेको छ, राज्यका सीमानाहरूको सुरक्षासित कुनै सम्झौता गरिनेछैन। बिहीवार भोर बिहान दिइएको जानकारीअनुसार सीमा सुरक्षा बल (बीएसएफ) को सहयोगमा 15 जना कथित अवैध घुसपैठीहरूलाई सीमापार फिर्ता पठाइयो।
मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले गए राती सामाजिक सञ्जाल मार्फत अवैध घुसपैठीहरूलाई पक्राउ गरिएको जानकारी साझा गरे। राज्य सरकारद्वारा जारी बयानमा भनियो, असमको सीमा सुरक्षाको मामिलामा सरकारको नीति सदैव कड़ा रहेको छ भने अवैध घुसपैठविरुद्ध कारबाही निरन्तर जारी रहनेछ।
बयानमा भनियो, सीमालाई सुरक्षित राख्न तथा असमका हितहरूको रक्षा गर्ने हाम्रो सङ्कल्प हो। हामी यस प्रतिबद्धतामा अडिग छौँ। राज्यका सीमानाहरूको सुरक्षा सुनिश्चित गर्न तथा अवैध घुसपैठलाई रोक्नको लागि आवश्यक कदम चाल्न जारी रहने कुरा सरकारले पुनः दोहोऱ्यायो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा