मुख्यमन्त्री सरमाले धोला-सदिया भूपेन हजारिका सेतुबाट बिहानको मनोरम दृश्यको आनन्द लिए
Representative Image.


गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमावे बिहीवार बिहान धोला-सादिया पुलको भ्रमण गरे। यस अवधि उनले डा. भुपेन हजारिका सेतुमा पुगेर बिहानको मनोरम दृश्यको आनन्द उठाए।

मुख्यमन्त्रीले पुलबाट वरपरको प्राकृतिक सौन्दर्यको अवलोकन गरे। यस समय उनले केही मानिसहरूसित भेट गरी उनीहरूको समस्या र गुनासोहरूको बारेमा जानकारी लिए।

मुख्यमन्त्रीको यस भ्रमण अवधि स्थानीय जनतालाई आफ्ना समस्या उनी समक्ष राख्ने अवसर पाए। तथापि जनताले उठाएका समस्याहरूमाथि मुख्यमन्त्रीले ध्यान दिने आश्वासन दिए। यो सुनेर त्यहाँ उपस्थित मानिसहरू उत्साहित भए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande