

झाड़ग्राम, 29 अक्टोबर (हि.स.)। एकातिर न्यून चापको प्रभावले भइरहेको वर्षा त अर्कातिर पाकेको धानको खेतमा दन्ते हात्तीको उत्पात। यो दोहोरो समस्याले किसानको चिन्ता बढ़ाएको छ। गए बुधवार झा़डग्राम जिल्लाको साङ्काराइल ब्लकको चुनपाड़ा क्षेत्रमा दन्ते हात्तीको उपस्थितिले क्षेत्रमा व्यापक खैलाबैला मच्चाएको छ।
खेतीयोग्य जमीनमा हात्तीको उत्पातले कैयौं बिघा धानको बालीलाई क्षतिग्रस्त बनाएको छ। यसबाट बाली नष्ट हुने जोखिमले किसानहरू चिन्तित भएका छन्। गए बुधवार अबेर रातीसम्म कलाणकुण्डा रेञ्जको बरडाङ्गा बीटका वनकर्मीहरूले सम्पूर्ण स्थितिमाथि निगरानी गरिरहेका थिए।
बुधवार चुनपाडा क्षेत्रमा दन्ते हात्ती प्रवेश गरेको खबर फैलिन साथ त्यसलाई हेर्नका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भए। कसैले सड़कमा उभिएर हात्तीलाई हेरिरहेका थिए भने कसैले खतराको परवाह नगरी त्यसको पछाड़ि घुमिरहे। मानिसहरूको यस्तो व्यवहारबाट कुनै पनि समय अप्रिय घटना वा ज्यान जाने खतरा सिर्जना भएको छ।
पहिलाबाटै न्यून चापको कारणले भइरहेको वर्षाले धानको पाकेको बालीलाई लिएर किसानहरू चिन्तित भएका छन्। यस्तो अवस्थामा दाँते हात्तीको उत्पातले उनीहरूको समस्यालाई अझ बढ़ाइदिएको छ। जानकारी अनुसार अहिलेघरि हात्ती कृषि जमीनदेखि बाहिर निस्किएर पक्का सड़क पार गर्दै चुनपाड़ा क्षेत्रको काजू बगानमा पुगेको छ।
कलाइकुण्डा फरेस्ट रेञ्ज अफिसर प्रणव सरकारले हात्तीको झुण्ड त्यस क्षेत्रमा प्रवेश गरेको बताए। हात्तीहरू आतङ्कित भएर भौंतारिरहेका छन् जसबाट गाउँलेहरूमा डरको वातावरण सिर्जना भएको छ। वन विभागको टोलीले स्थितिको निगरानी गर्दै आवश्यक व्यवस्था गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा