गङ्गासागर मेलाको विस्तारः मेला क्षेत्रको घेरालाई 6 लाख वर्ग फुट विस्तार गर्ने तयारीमा जुट्यो राज्य सरकार
गंगासागर


कोलकाता, 29 अक्टोबर (हि.स.)। यसपालि विश्वप्रसिद्ध गङ्गासागर मेलाको घेरा अझ ठूलो हुन गइरहेको छ। बढ्दो लोकप्रियता र भक्तहरूको ठूलो भोड़लाई ध्यानमा राख्दै राज्य सरकारले मेलाको क्षेत्रफल करिब 6 लाख वर्ग फुट बढ़ाउने निर्णय लिएको छ। नवान्न (राज्य सचिवालय) सूत्र अनुसार अहिलेसम्ममा यो मेला लगभग 12 लाख वर्ग फुट क्षेत्रफलमा आयोजना हुँदै आएको थियो भने यस वर्ष यसलाई विस्तार गरी 18 वर्ग पुटसम्म फैलाइँदैछ।

मेला परिसरलाई विस्तार गर्नाले भीड़ नियन्त्रण गर्न मात्र सहज नभएर भक्तहरूको आवागमन र बस्नका लागि पनि थप ठेगाना, बस स्ट्याण्ड, हेलिप्याड एवं नयाँ यात्री निवास (रात्रि आश्रय) पनि निर्माण गरिँदैछ। यसको साथै राज्य सरकारले मुड़ीगङ्गा नदीमा प्रस्तावित पुल निर्माणको काममा पनि उल्लेखनीय प्रगति भएको छ।

राज्य सरकारलेयस पवित्र तिर्थ स्थललाई राष्ट्रिय मेलाको दर्जा दिने माग गर्दै फेरि आवाज उठाएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गङ्गासागरलाई रेल एवं सड़क सम्पर्कको दायरमा ल्याउनको लागि पहिलाबाटै केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवसित पहिला नै अपिल गरिसकेका छन्।

प्रशासनिक स्तरमा यस मेलालाई चाँड़ोभन्दा चाँड़ो राष्ट्रिय मान्यता दिलाउनको लागि तीव्र प्रयास गरिँदैछ। राज्यका लोक निर्माण मन्त्री अजय पोद्दारले भने, केन्द्र सरकारसँग धेरै चरणको छलफल भइसकेको छ। यस वर्ष हामीले यो मान्यता प्राप्त गर्ने कुरामा हामी आशावादी छौं।

उल्लेखनीय छ, मुड़ीगङ्गा नदीमा पुल निर्माणसँगसँगै राज्य प्रशासनले गङ्गासागर मेलालाई देशको प्रमुख धार्मिक मेलाहरूमध्ये एकको रूपमा स्थापित गर्न हरसम्भव प्रयास गरिरहेको छ। यस उद्देश्यका लागि मेलामा आधुनिक पूर्वाधार तथा सुविधाहरूको पनि निरन्तर विस्तार गरिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande