
गुवाहाटी, 31 अक्टोबर (हि.स.)। वर्ष 2026- को केन्द्रिय गृहमन्त्री दक्षता पदकको लागि असम पुलिसका 19 जना अधिकारी एवं जवानहरू छनोट भएका छन्। विभिन्न क्षेत्रमा उनीहरूको पेशागत दक्षता तथा उल्लेखनीय योगदानको लागि यो सम्मान प्रदान गरिनेछ।
प्राप्त जानकारी अनुसार गुप्तचरको क्षेत्रमा असम पुलिसका तीन जना कर्मीहरूलाई यस प्रतिष्ठित पदकको लागि चयन गरिएको छ जसमा अतिरिक्त पुलिस अधीक्षक मृण्मय बोरा, वरिष्ठ पुलिस अधीक्षक प्रशान्त सैकिया एवं हवलदार दीपक बोरा सामेल छन्।
यी तीनजना कर्मचारीहरू बाहेक असम पुलिसको विभिन्न शाखामा कार्यरत अन्य 16 जना अधिकारी एवं जवानहरूलाई पनि विभिन्न श्रेणीमा पदकको लागि छनोट गरिएको छ।
यो सम्मानले पुलिसकर्मीहरूको कार्यकुशलता, समर्पण तथा आ-आफ्नो क्षेत्रमा पुऱ्याएको योगदानलाई मान्यता प्रदान गर्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा