पशु चिकित्सा मन्त्री वाङ्गसुले 'रोङ्गोगे एनिमल फीड प्लान्ट'- को उद्घाटन गरे
पशु चिकित्सा मन्त्री वाङ्गसुले 'रोङ्गोगे एनिमल फीड प्लान्ट'- को उद्घाटन गरे


इटानगर, 31 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशका पशुपालन, पशु चिकित्सा तथा दुग्ध विकास मन्त्री ग्याब्रियल डी वाङ्गसुले शनिवार दोईमुखमा 'रोङ्गोगे एनिमल फीड प्लान्ट'- को उद्घाटन गरे। यो प्लान्ट 'ग्रीन गोल्ड फीड' ब्राण्ड-को नाममा सञ्चालन हुनेछ। यस पहलको उद्देश्य अरुणाचल प्रदेशमा पशुधन एवं मत्स्यपालन क्षेत्रलाई सुदृढ पार्नु हो।

त्यहाँ उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै वाङ्गसुले भने, यो प्लान्टले राज्यमा उच्च गुणस्तरीय पशुचारोको अभावलाई समाधान गर्नमा मद्दत गर्नको साथै पशुधन उत्पादकता एवं किसानहरूको आयलाई पनि बढ़ाउनेछ।

धेरै चुनौतिहरू हुँदाहुँदै पनि यस उद्यमलाई शुरु गरेकोमा प्रमोटर लेखा माजलाई बधाई दिँदै मन्त्रीले भने, यो पहलले अरुणाचलको कृषि क्षेत्रमा बढ्दो उद्यमशीलताको क्षमतालाई दर्शाउँछ।

वाङ्गसुले बल दिँदै भने, प्रजनन, बिउ र चारो यी सबै सफल खेतीको लागि तीनवटा मुख्य आधार हुन्। उनले भने, जनावरहरूले उचित पोषण पाउँदैनन्, उनीहरू राम्ररी हुर्कदैनन्, दुध र मासु उत्पादन घट्छ अनि कुखुरा र माछा पालनबाट हुने उत्पादन पनि घट्छ।

उनले सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रमा राम्रो गुणस्तरको चाराको अभाव एउटा प्रमुख चिन्ताको विषय रहेको बताउँदै आशा व्यक्त गरे, यस नयाँ प्लान्टले व्यावसायिक पशुपालनलाई प्रवर्द्धन गर्नेछ।

मन्त्रीले प्रबन्धनसित आग्रह गरे, उनले गुणस्तरको कड़ा मानदण्डलाई पालन गरुन् तथा यूरियामुक्त चारोउत्पादन गर्न जारी राखुन् ताकि पशुहरूको स्वास्थ्यको रक्षा हुन सकोस्। साथै किसानहरूको भरोसा कायम रहोस्।

उद्घाटन समारोहमा उपस्थित उद्योगमन्त्री न्यातो डुकमले यस कारखानालाई एक व्यापारिक उद्यमभन्दा बढ़ी रहेको बताए। यसले रोजगारीका अवसरहरू सिर्जना गर्न र राज्यको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande