सिखविरोधी दङ्गालाई लिएर दिल्लीमा भाजपा र सिख सङ्गठनको विरोध मार्च, राहुल गान्धीसँग माफी माग्न माग
हरिनगर में भाजपा और सिख समुदाय ने दंगों के विरोध में निकाला मार्च


मार्च में मौजूद भाजपा नेता


नयाँ दिल्ली, 0१ नोभेम्बर (हि.स.)। साल १९८४ को सिखविरोधी दङ्गाका पीड़ितलाई न्याय दिलाउन तथा उनीहरूप्रति समर्थन जनाउन भारतीय जनता पार्टी (भाजपा) र सिख सङ्गठनहरूले आइतवार दिल्लीमा विरोध मार्च निकालेका छन्। हरिनगर बस डिपोबाट शुरु भएको मार्चमा सिख समुदायका सदस्य तथा भाजपा कार्यकर्ताहरूको ठूलो सहभागिता रह्यो।

केन्द्रिय मन्त्री हरदीप सिंह पुरीको नेतृत्वमा आयोजित विरोध मार्चमा सहभागी नेताहरूले राहुल गान्धीसँग साल १९८४ का दङ्गा पीड़ितहरूसँग माफी माग्न आग्रह गरेका छन्। मार्चमा केन्द्रिय मन्त्री हरदीप सिंह पुरी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली सरकारका मन्त्री मनजिन्दर सिंह सिरसा, राज्यसभा सांसद विक्रमजीत सिंह साहनी तथा सांसद कमलजीत सहरावतन लगायत पार्टीका वरिष्ठ नेताहरू उपस्थित रहे। पदयात्रा मार्फत दङ्गा पीड़ितहरूप्रति एकजुटता र समर्थन व्यक्त गरियो।

यस अवसरमा भाजपा नेता आरपी सिंहले विपक्षी दलमाथि निशाना साध्दै उसको भूमिका विरोधमा मात्र सीमित नरही अवरोध सिर्जना गर्नेतर्फ अघि बढ़ेको आरोप लगाए। संसद्मा छलफल र बहस गर्न सकिने विषयलाई विपक्षीले सड़कमा उठाइरहेको उनको भनाइ थियो। विपक्षी दल न संसद सञ्चालन हुन दिन चाहन्छ, न त सड़कमा सामान्य गतिविधि नै हुन दिन चाहन्छ।

आरपी सिंहले मुद्दाहरूमा छलफल गर्नुको सट्टा विपक्षीले गतिरोध सिर्जना गरी देशमा अराजकता फैलाउन खोजेको आरोप लगाए। सिख समुदायको अपमान देशले सहन नसक्ने पनि उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande