अमित शाहसँग डा. सञ्जय निषादको भेट, साल २०२७ को चुनाउबारे छलफल
निषाद पार्टी के राष्ट्रीय अध्यक्ष एवं उत्तर प्रदेश सरकार में मंत्री डॉ. संजय निषाद ने शुक्रवार को केंद्रीय गृहमंत्री अमित शाह से नई दिल्ली स्थित उनके आवास पर की शिष्टाचार भेंट


नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। निषाद पार्टीका राष्ट्रिय अध्यक्ष तथा उत्तर प्रदेश सरकारका मन्त्री डा. सञ्जय निषादले शुक्रवार केन्द्रिय गृहमन्त्री अमित शाहसँग नयाँ दिल्ली स्थित उनको निवासमा शिष्टाचार भेट गरेका छन्। यस क्रममा निषाद समुदायसँग सम्बन्धित विभिन्न मुद्दा, पार्टीका पदाधिकारीसँग सम्बन्धित विषय तथा आगामी उत्तर प्रदेश विधानसभा चुनाउबारे विस्तृत छलफल भएको छ। डा. सञ्जय निषादले समुदायका मागसँग सम्बन्धित पत्र समेत गृहमन्त्रीलाई बुझाएका छन्।

भेटका क्रममा साल २०२७ को विधानसभा चुनाउमा निषाद पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीचको गठबन्धन अन्तर्गत मिलेर चुनाउ लड्ने, चुनाउ जित्ने रणनीति तथा राजनीतिक समीकरणबारे सकारात्मक छलफल भयो। सञ्चारमाध्यमसँग कुरा गर्दै डा. सञ्जय निषादले अमित शाहको आशीर्वाद र मार्गदर्शन निषाद पार्टीका लागि सधैँ महत्वपूर्ण रहेको बताए। उनले अमित शाहसँगको भेटमा समुदायको हित तथा संगठनसँग सम्बन्धित विषयमा सार्थक छलफल भएको जानकारी दिए।

डा. सञ्जय निषादले साल २०२७ मा उत्तर प्रदेशमा एनडीएको सरकार प्रचण्ड बहुमतका साथ गठन हुने विश्वास व्यक्त गरे। उनले दुई नेताबीच भेट हुँदा राजनीतिक विषयमा छलफल हुनु स्वाभाविक भएको बताए। आगामी विधानसभा चुनाउलाई लिएर भएको छलफल पनि यही राजनीतिक प्रक्रियाको हिस्सा रहेको उनको भनाइ थियो।

उनले निषाद समुदायको हितको रक्षा गर्नु तथा समुदायसँग सम्बन्धित मुद्दाहरूको समाधान गर्नु पार्टीको प्राथमिकता रहेको बताए। भाजपासँग समन्वय र सहकार्य गर्दै आगामी चुनाउमा एनडीएको जित सुनिश्चित गर्ने दिशामा सकारात्मक प्रयास भइरहेको उनले जानकारी दिए।

यस शिष्टाचार भेटका क्रममा निषाद पार्टीका राष्ट्रिय संयोजक तथा पूर्वसांसद प्रवीण निषाद र विधायक सरवन निषाद पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande