दुई एसपीओको हत्यापछि फरार आतंकवादीहरूको पोस्टर जारी, पक्राउमा सहयोग गर्नेलाई ३० लाख रुपियाँ पुरस्कार
दुई एसपीओको हत्यापछि फरार आतंकवादीहरूको पोस्टर जारी, पक्राउमा सहयोग गर्नेलाई ३० लाख रुपियाँ पुरस्कार


किश्तवाड़, १३ नोभेम्बर (हि.स.)। दुई स्पेशल पुलिस अफिसर (एसपीओ) को हत्यापछि किश्तवाड़ जिल्ला पुलिसले फरार आतंकवादीहरूको पोस्टर जारी गरेको छ। साथै उनीहरूलाई पक्राउ गर्न सहयोग पुग्ने सूचना दिने व्यक्तिलाई ३० लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

यी आतंकवादीहरूको पहिचान मोहम्मद अमीन उर्फ जहाँगीर, रियाज अहमद उर्फ हजारी र मुदस्सिर हुसैनका रूपमा गरिएको छ। बिहिवार बिहान किश्तवाड़मा एसपीओ बबी चन्द र रशपाल कुमारका गोली लागेर क्षतविक्षत भएका शव फेला परेपछि यो घोषणा गरिएको हो। उनीहरू दुवै बुधवारदेखि बेपत्ता थिए।

पुलिसले सर्वसाधारणलाई यी आतंकवादीहरूको ठेगानाबारे कुनै जानकारी भएमा ९७९७९००९५८ र १९९५३५७४९४ नम्बरमा सम्पर्क गर्न अपील गरेको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने विश्वास समेत पुलिसले दिलाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande