बेङलुरु मेट्रो सञ्जाल १०० किलोमिटरभन्दा बढ़ी, पिंक लाइनको विस्तारित खण्ड प्रधानमन्त्रीद्वारा उद्घाटन
ಪ್ರಧಾನಿ ನರೇಂದ್ರ ಮೋದಿ ಮೆಟ್ರೊ ರೈಲಿನಲ್ಲಿ ಪ್ರಯಾಣಿಸುವ ಮೂಲಕ ಮಾರ್ಗವನ್ನು ಲೋಕಾರ್ಪಣೆ ಮಾಡಿದರು. ಈ ಸಂದರ್ಭದಲ್ಲಿ ರಾಜ್ಯಪಾಲೆ ಸುಧಾ ಯಾದವ್, ಮುಖ್ಯಮಂತ್ರಿ ಡಿ.ಕೆ.ಶಿವಕುಮಾರ್, ಬೆಂಗಳೂರು ನಗರಾಭಿವೃದ್ಧಿ ಸಚಿವ ಕೃಷ್ಣ ಬೈರೇಗೌಡ ಹಾಗೂ ಸಂಸದ ತೇಜಸ್ವಿ ಸೂರ್ಯ ಉಪಸ್ಥಿತರಿದ್ದರು.


ಬೆಂಗಳೂರು ಮೆಟ್ರೋ ವಿಸ್ತರಿತ ಗುಲಾಬಿ ಮಾರ್ಗಕ್ಕೆ ಪ್ರಧಾನಿ ಮೋದಿ ಚಾಲನೆ


- लगभग ३ हजार ४७० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको ७.५ किलोमिटर लामो खण्ड, प्रत्येक आठ मिनेटमा उपलब्ध हुनेछ मेट्रो

बेङलुरु, १३ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि देशको विकास यात्रामा पूर्वाधारको महत्वपूर्ण भूमिका हुने बताएका छन्। राम्रो यातायात तथा सम्पर्क व्यवस्थाले विकास, रोजगारी र उद्योगका नयाँ अवसरहरू सिर्जना गर्ने उनले बताए। जब यी अवसरहरूको लाभ समाजका सबै वर्गसम्म पुग्छ, तब गरुबी विरुद्ध लड़ाइँ पनि बलियो हुन्छ। यही कारण पछिल्ला केही वर्षमा देशका लगभग ५० करोड़ नागरिक चरम गरीबीबाट बाहिर आएको उनले बताए।

प्रधानमन्त्रीले शुक्रवार बेङलुरुमा नम्मा मेट्रोको पिंक लाइन अन्तर्गत कालेना अग्रहारादेखि तावरेकेरेसम्म विस्तारित खण्डको उद्घाटन गरेपछि उक्त कुरा भनेका हुन्। यस विस्तारसँगै बेंगलुरुको मेट्रो सञ्जाल १०० किलोमिटरभन्दा बढ़ी पुगेको छ। दिल्ली-एनसीआर र मुम्बईपछि यो उपलब्धि हासिल गर्ने बेंगलुरु देशको तेस्रो शहर बनेको छ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यो उपलब्धि केवल यातायात परियोजनाको विस्तार मात्र नभई शहरवासीको जीवन सहज बनाउने र शहरी आवागमनलाई सुविधाजनक बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताए।

उनले केही दिनअघि मात्रै कर्नाटकले राज्यको पहिलो वन्दे भारत स्लीपर रेल प्राप्त गरेको र अब गोवासँग जोड्ने वन्दे भारत रेल सेवा पनि उपलब्ध भएको बताए। भारत चिप निर्माणदेखि जहाज निर्माणसम्म तथा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा सेन्टर र क्वान्टम कम्प्युटिङ जस्ता आधुनिक प्रविधिका क्षेत्रमा विश्वव्यापी नेतृत्व हासिल गर्ने लक्ष्यका साथ अघि बढ़िरहेको उनले बताए।

कालेना अग्रहारादेखि तावरेकेरेसम्म पिंक लाइनको विस्तारित खण्ड लगभग ३ हजार ४७० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको हो। यसको लम्बाइ ७.५ किलोमिटर रहेको छ। यस खण्डमा कालेना अग्रहारा, हुलिमावु, आईआईएमबी, जेपी नगर चौथो चरण, जयदेव अस्पताल र तावरेकेरे गरी छह वटा स्टेशन निर्माण गरिएका छन्।

प्रधानमन्त्री मोदीले तावरेकेरे स्टेशनदेखि बिलेकेनहल्ली स्थित भारतीय व्यवस्थापन संस्थान बेंगलुरु (आईआईएमबी) स्टेशनसम्म मेट्रो यात्रा पनि गरे। यस क्रममा उनले नयाँ मार्गका सुविधा तथा सञ्चालन व्यवस्थाको निरीक्षण गरे।

पिंक लाइनको विस्तारित खण्ड यात्रु सेवाका लागि सञ्चालनमा आएपछि नम्मा मेट्रोको कूल सञ्चालन सञ्जाल ९६.१० किलोमिटरबाट बढ़ेर १०३.६० किलोमिटर पुगेको छ। यससँगै बेंगलुरु मेट्रो सञ्जाल १०० किलोमिटरभन्दा बढ़ी भएको देशको तेस्रो शहर बनेको छ। यसबाट शहरका विभिन्न क्षेत्रबीच सार्वजनिक यातायात सम्पर्क अझ् सुदृढ़ हुनेछ।

प्रारम्भिक चरणमा यस मार्गमा पाँच वटा विशेष मेट्रो रेल सञ्चालन गरिनेछन्। यात्रुहरूले प्रत्येक आठ मिनेटमा मेट्रो सेवा प्राप्त गर्नेछन्। यात्रुको सङ्ख्या र सिग्नलिङ व्यवस्थाको स्थिरतालाई ध्यानमा राख्दै आगामी दिनमा रेलहरूबीचको समय अन्तराल घटाउने योजना बनाइएको छ।

नयाँ मार्ग सञ्चालनमा आएपछि शहरका विभिन्न क्षेत्रबीच आवागमन सहज हुनेछ। यसबाट दैनिक यात्रुहरूको समय बचत हुनुका साथै सड़कमा सवारीसाधनको चाप कम गर्न मद्दत पुग्नेछ। पिंक लाइनको विस्तारले बेंगलुरुको सार्वजनिक यातायात व्यवस्थालाई मजबुत बनाउनुका साथै शहरको आर्थिक गतिविधिलाई पनि गति दिनेछ।

कार्यक्रममा राज्यपाल सुधा यादव, मुख्यमन्त्री डीके शिवकुमार, बेंगलुरु शहरी विकास मन्त्री कृष्णा बायरेगौडा तथा सांसद तेजस्वी सूर्यासहित अन्य जनप्रतिनिधिहरू उपस्थित थिए।

/ बिशाल


 rajesh pande