
नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। आस्था र सूर्य उपासनामा समर्पित चारदिने छठ महापर्व शुक्रवार नहाय-खायसँगै शुरु भएको छ। दिल्लीमा छठ पूजाका सामग्री खरिद गर्न बजारहरूमा ठूलो संख्यामा मानिसहरू पुगिरहेका छन्। छठ पूजाको समापन नोभेम्बर १६ मा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै हुनेछ।
सूर्यदेव र छठी मैयालाई समर्पित चारदिने छठ महापर्व नहाय-खायसँगै शुरु भएपछि दिल्लीको आजादपुर मण्डी, गाजीपुर मण्डी, वाराणसीका फलफूल बजार तथा विभिन्न स्थानीय बजारहरूमा खरिदकर्ताहरूको भीड़ बढ़ेको छ। यसका कारण कतिपय स्थानमा जामको अवस्था समेत सिर्जना भएको छ। छठ महापर्वलाई लिएर साना बजारहरूमा पनि चहलपहल बढ़ेको छ। फलफूल, उखु, नरिवल, सूप, दउरा तथा पूजाका सामग्री बिक्री हुने पसलहरूमा खरिदकर्ताहरू पुग्न थालेका छन्। माटोका चुल्हो, नयाँ भाँड़ाकुँड़ा तथा छठ पूजामा प्रयोग हुने अन्य सामग्रीको माग पनि बढ़िरहेको छ।
नहाय-खाय: यस पर्वको शुरुआत स्नान र पवित्रतासँगै सात्त्विक भोजन (फर्सी-भात र चनाको दाल) ग्रहण गरेर व्रतालुहरूले गर्छन्।
खरना: व्रतालुहरू दिनभरि उपवास बस्छन् र साँझ गुड़को खीर तथा रोटी प्रसादका रूपमा ग्रहण गर्छन्। त्यसपछि निर्जला व्रत शूरु हुन्छ।
सन्ध्या अर्घ्य: आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ। यस दिन नदी, पोखरी वा छठ घाटहरूमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ।
उषा अर्घ्य र पारण: सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारण गरिनेछ। यस दिन व्रतालुहरूले सूर्यलाई अर्घ्य अर्पण गरी व्रत तोड़ेसँगै चारदिने महापर्वको समापन गर्नेछन्।
/ बिशाल